विश्वकप क्वाटरफाइनल: इङ्ग्ल्यान्डलाई हालान्ड रोक्ने चुनौती

विश्वकप क्वाटरफाइनल: इङ्ग्ल्यान्डलाई हालान्ड रोक्ने चुनौती
+
-
देशसञ्चार AI सारांश
  • अत्यधिक गर्मीमा मियामीमा खेलिने इङ्ग्ल्यान्ड र नर्वेको क्वार्टरफाइनल रोमाञ्चक हुने अपेक्षा गरिएको छ।
  • गोल्डेन बुटको दौडमा हलान्ड र केनको प्रतिस्पर्धा, इङ्ग्ल्यान्डका प्रशिक्षकको लागि हलान्डलाई रोक्ने चुनौती रह्यो।
  • सुपर कम्प्युटरको अनुमान अनुसार, मियामीको मौसममा इङ्ग्ल्यान्डको जित्ने सम्भावना ४९.५ प्रतिशत रहेको छ।

काठमाडौँ– जारी फिफा विश्वकप २०२६ अन्तर्गत तेस्रो क्वाटरफाइनल भिडन्तमा आज राति अमेरिकाको फ्लोरिडास्थित मियामीमा युरोपका दुई शक्तिशाली टोली इङ्ग्ल्यान्ड र नर्वे आमनेसामने हुँदै छन्। अत्यधिक गर्मी मौसमबिचमा हुने यो प्रतिस्पर्धा विश्व फुटबलका समर्थकका लागि सबैभन्दा रोमाञ्चक खेलमध्ये एक बन्ने अपेक्षा गरिएको छ।

सन् १९९८ पछि पहिलो पटक विश्वकपमा फर्किएको नर्वे यसपटकको प्रतियोगिताको ‘डार्क हर्स’ का रुपमा चुनौती बन्दा उसले उत्कृष्ट लयका साथ बलिया टोलीलाइ परास्त गरेको छ। अन्तिम १६ मा पाँच पटकको विश्वविजेता ब्राजिललाई पराजित गर्दै नर्वेले आफ्नो ऐतिहासिक यात्रालाई अझ अगाडि बढाएको छ। विश्वकप इतिहासमै पहिलो पटक लगातार दुई नकआउट खेल जित्दै नर्वेले नयाँ इतिहास रचेको छ।

तर अब उसको बाटोमा इङ्ग्ल्यान्ड उभिएको छ। इङ्ग्लिस टोली चौथोपटक विश्वकपको सेमिफाइनल पुग्ने लक्ष्यमा छ भने क्वार्टरफाइनलबाट आठौँ पटक बाहिरिने दुर्भाग्यबाट पनि बच्न चाहन्छ।

गोल्डेन बुटको दौडमा हाआलान्ड र केनको भिडन्त

यस विश्वकपमा पहिलो पटक गोल्डेन बुट जित्ने दुई प्रमुख दाबेदार एउटै मैदानमा आमनेसामने हुँदै छन्। नर्वेका प्रशिक्षक स्टाले सोलबाकेन्ने समूह चरणको फ्रान्सविरुद्धको खेलमा अर्लिङ हाआलान्डलाई विश्राम दिएका थिए, किनकि टोली पहिले नै नकआउट चरणमा पुगिसकेको थियो। त्यसअघि हाआलान्डले इराक र सेनेगलविरुद्ध लगातार दुई-दुई गोल गरेका थिए।

त्यसपछि उनले आइभोरी कोस्टविरुद्ध विजयी गोल गरे भने ब्राजिलमाथिको २-१ को जितमा दुवै गोल गर्दै नर्वेलाई क्वार्टरफाइनल पुर्‍याए। चार खेलमा सात गोल गरेका हाआलान्डले लगातार १४ अन्तर्राष्ट्रिय खेलमा गोल गर्ने अद्भुत कीर्तिमान कायम गरेका छन्। यस अवधिमा उनले २७ गोल गरेका छन् भने राष्ट्रिय टोलीका लागि ५४ खेलमा ६२ गोल पुर्‍याइसकेका छन्।

२५ वर्षीय हाआलान्ड गोल्डेन बुटको दौडमा केलियन एम्बाप्पे र लियोनेल मेसीभन्दा एक गोलले पछाडि छन् भने ह्यारी केनभन्दा एक गोलले अगाडि छन्।

यता ३२ वर्षीय केनले क्रोएसियाविरुद्ध दुई, पानामाविरुद्ध एक, डीआर कंगोविरुद्ध दुई तथा मेक्सिकोविरुद्ध निर्णायक पेनाल्टी गोल गर्दै आफ्नो प्रभावशाली प्रदर्शन जारी राखेका छन्।

हाआलान्ड र केनले प्रिमियर लिगमा तीन-तीन पटक गोल्डेन बुट जितेका छन् र जर्मन फुटबलमा पनि सफलता चुमेका छन्। उनीहरू अहिलेसम्म क्लब फुटबलमा दुई पटक मात्र आमनेसामने भएका छन्, जहाँ दुवैले एक-एक गोल गर्दै बराबरी प्रभाव छोडेका थिए। यदि मियामीमा यीमध्ये कुनै एक खेलाडी चम्किए भने उनी वर्तमान समयका विश्वकै उत्कृष्ट स्ट्राइकर भएको दाबी अझ बलियो बनाउन सक्छन्।

हालान्डलाई रोक्ने इङ्ग्ल्यान्डको योजना

इङ्ग्ल्यान्डका प्रशिक्षक थोमस टुचेलका लागि सबैभन्दा ठूलो चुनौती हाआलान्डलाई रोक्नु हुने छ। ६ फिट ७ इन्च अग्ला डिफेन्डर ड्यान बर्न सम्भवतः यसको प्रमुख हतियार बन्न सक्छन्। मेक्सिकोविरुद्ध अन्तिम १५ मिनेटमा मैदान प्रवेश गरेका बर्नले लगातार हेडर क्लियर गर्दै र बल रोक्दै इङ्ग्ल्यान्डको जित जोगाएका थिए।

हाआलान्ड र बर्नबीच म्यानचेस्टर सिटी र न्युक्यासलबाट खेल्दा आठ पटक भेट भएको छ। ती खेलहरूमा हाआलान्डले केवल एक गोल मात्र गर्न सकेका छन्, जुन सन् २०२२ को पहिलो भेटमै आएको थियो । अन्तर्राष्ट्रिय फुटबलमा औसत ७३ मिनेटमा एक गोल गर्ने हाआलान्डका लागि यो तथ्य निकै असामान्य मानिन्छ।

यस्तै, एज्री कोन्सा विरुद्ध पाँच खेलमा पनि उनले केवल एक गोल गरेका छन्। यी तथ्यहरूले टुचेललाई केही आत्मविश्वास अवश्य दिएका छन्।

मिडफिल्डको निर्णायक युद्ध: ओडेगार्ड विरुद्ध डेक्लान राइस

नर्वेका कप्तान मार्टिन ओडेगार्ड ले ब्राजिलविरुद्ध अविश्वसनीय प्रदर्शन गरे। उनले ६१ पटक बल अघि बढाए, १०९ मध्ये १०१ पास सफल बनाए र ब्राजिललाई केवल ३३.६ प्रतिशत बल नियन्त्रणमा सीमित राखे। विश्वकप इतिहासमा ब्राजिलको यो सबैभन्दा कमजोर बल नियन्त्रणमध्ये एक हो।
इङ्ग्ल्यान्ड यदि सेमिफाइनल पुग्न चाहन्छ भने ओडेगार्डको खेल नियन्त्रण तोड्नैपर्ने छ। त्यसका लागि सबैभन्दा उपयुक्त खेलाडी हुन् डेक्लान राइस, जसले पछिल्ला तीन सिजनमा आर्सनलमा ओडेगार्डसँगै ११७ खेल खेलेका छन्। उनी ओडेगार्डको खेल शैली राम्ररी बुझ्छन्।

यद्यपि राइस केही महिनादेखि ढाड र ह्यामस्ट्रिङको स्नायु समस्याबाट पीडित छन्। अर्कोतर्फ, ओडेगार्डले यो सिजन कम खेल खेलेकाले उनी शारीरिक रूपमा बढी तन्दुरुस्त देखिन्छन्।

मियामीको गर्मी कसले राम्रोसँग झेल्ला?

मियामीको मौसम दुवै टोलीका लागि अर्को ठूलो चुनौती हुनेछ। शनिबार खेल हुने समयमा तापक्रम करिब ३३ डिग्री सेल्सियस पुग्ने र आर्द्रता ५८ प्रतिशत रहने अनुमान गरिएको छ।

साथै, चट्याङसहित वर्षाको सम्भावना पनि रहेको छ। नर्वेले प्रतियोगिताभरि धेरै खेल खुला र तातो मौसममा खेलिसकेको छ भने इङ्ग्ल्यान्डले केही खेल वातानुकूलित रंगशालामा खेलेको थियो। त्यसैले मौसमसँग छिटो घुलमिल हुने टोलीले खेलमा ठूलो फाइदा लिन सक्छ।

विङ्गरबिचको भिडन्त

इङ्ग्ल्यान्डका नियमित राइट-ब्याक रिस जेम्स ह्यामस्ट्रिङ चोटका कारण पछिल्ला तीन खेल गुमाएका छन्। यदि उनी पूर्ण रूपमा फिट भए भने क्वार्टरफाइनलमा पुनरागमन गर्न सक्छन्। अन्यथा एज्री कोन्साले फेरि उक्त जिम्मेवारी सम्हाल्ने सम्भावना छ। उनीहरूले सामना गर्नुपर्नेछ नर्वेका तीव्र गतिका विङ्गर एन्टोनियो नुसा लाई, जसले आइभोरी कोस्टविरुद्ध शानदार कर्लिङ गोल गरेका थिए।

यसबाहेक, ब्राजिलविरुद्ध दोस्रो हाफमा मैदान प्रवेश गरेका आन्द्रेयास स्केल्डेरुप ले खेलको रूप नै बदलिदिए। उनले हाआलान्डका दुवै गोलका लागि अवसर सिर्जना गर्दै आफ्नो उत्कृष्ट प्रदर्शन देखाएका थिए।

समग्रमा इङ्ग्ल्यान्डको अनुभव र नर्वेको उत्साहबीचको यो भिडन्त केवल दुई टोलीको प्रतिस्पर्धा मात्र होइन, हाआलान्ड र केनबीचको गोलको युद्ध, ओडेगार्ड र राइसबीचको मिडफिल्ड संघर्ष, तथा मियामीको कठोर मौसमसँगको परीक्षा पनि हुने छ।

जसले यी तीन क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्छ, उसले विश्वकप २०२६ को सेमिफाइनलतर्फ अर्को ऐतिहासिक पाइला चाल्ने छ।

के भन्छ सुपर कम्प्युटर

जारी विश्वकपमा धेरै भविष्यवाणि मिलाएको ओप्टा सुपर कम्प्युटरले लामो समयको डाटा एनालिस गरेर प्रतशितका आधारमा कसको कति सम्भावना भनेर अनुमान गर्ने गरेको छ।

यस्तोमा उसले यो खेलमा इंग्ल्यान्डलाई जित्न सक्ने बलियो सम्भावना देखाएको छ। इंग्ल्यान्डले यो खेल जित्ने सम्भावना ४९.५ प्रतिशत देखाएको छ। त्यस्तै नर्वेले यो खेल जित्ने सम्भावना २५.८ प्रतिशत रहँदा खेल बराबरी हुने सम्भावना २४.७ प्रतिशत रहेको छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…