अतिरिक्त समयमा स्विट्जरल्यान्डलाई हराउँदै अर्जेन्टिना सेमिफाइनलमा, फाइनल प्रवेशका लागि इंग्ल्यान्डसँग भिड्ने

अतिरिक्त समयमा स्विट्जरल्यान्डलाई हराउँदै अर्जेन्टिना सेमिफाइनलमा, फाइनल प्रवेशका लागि इंग्ल्यान्डसँग भिड्ने
+
-
देशसञ्चार AI सारांश
  • अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई ३-१ ले हराउँदै विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ।
  • निर्धारित समय १-१ को बराबरीमा सकेर अर्जेन्टिनाले अतिरिक्त समयमा दुई गोल थपेको थियो।
  • अर्जेन्टिनाले अब फाइनल प्रवेशका लागि इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ।

विश्वकप फुटबल अन्तर्गत क्वाटरफाइनलको अन्तिम खेलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई ३-१ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ। निर्धारित समय १-१ गोलको बराबरीमा सकिएको खेलमा अर्जेन्टिनाले अतिरिक्त समयमा थप २ गोल गर्दै उपाधि रक्षा अभियानलाई अन्तिम ४ सम्म कायम राख्यो।

खेलमा अर्जेन्टिनाले १० औ मिनेटमै एलेक्सिस म्याक एलिस्टरले लियोनेल मेसीको कर्नरलाई आकर्षक हेड गर्दै टोलीलाइ अग्रता दिलाएका थिए। तर त्यसपछि बल पोसेसनमा राखेपनि अर्जेन्टिनाले उत्कृष्ट अवसर सिर्जना गर्न असफल भएको थियो। पहिलो हाफमा १-० को अग्रता जोगाएको अर्जेन्टिनाले दोस्रो हाफमा भने अग्रता गुमाउन पुग्यो खेलको ६७ औं मिनेटमा स्विट्जरल्यान्डका ड्यान एनडोयले रिकार्डो ले रोड्रिगेजको पासलाई सदुपयोग गर्दै खेल बराबरीमा ल्याए। तर त्यसपछि  स्विट्जरल्यान्ड ७२ औं मिनेटमा १० खेलाडीमा समेटियो। उसका लागि ब्रिल एम्बोलोले दोस्रो पंहेलो कार्ड खान पुग्दा टोली दबाबमा परेको थियो।

त्यसपछि पुरै समय अर्जेन्टिनाले खेल आफ्नो पकडमा राखेपनि गोल गर्न सकेन् र खेल अतिरिक्त समयमा धकेलियो। जहाँ १ सय १२ औं मिनेटमा जुलियन अल्भारेजले जुलियो लोपेजको पासलाई सदुपयोग गर्दै टिमलाइ २-१ अग्रता दिलाए। त्यसपछि पनि नियमित दबाब बनाएको अर्जेन्टिनाले तेस्रो गोल अतिरिक्त समयको इन्जुरी टाइममा सम्भव बनायो। जहाँ लौटारो मार्टिनेजले गोल गरेका थिए। जितसँगै अब अर्जेन्टिनाले इंग्ल्यान्डसँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्ने छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…