मेसीले चाहेको सेमिफाइनल: पहिलो पटक हुँदैछ इंग्ल्यान्डसँग बहुप्रतीक्षित भिडन्त

मेसीले चाहेको सेमिफाइनल: पहिलो पटक हुँदैछ इंग्ल्यान्डसँग बहुप्रतीक्षित भिडन्त
+
-
देशसञ्चार AI सारांश
  • दुई सयभन्दा बढी अन्तर्राष्ट्रिय खेलका अनुभवी मेसीले सेमिफाइनलमा इंग्ल्यान्डसँगको पहिलो भेट पाउनेछन्।

  • मेसीले रक्षात्मक योगदान नदिए पनि निर्णायक क्षणमा गुणस्तर प्रदर्शन गरेर खेलको नतिजा बदल्न सक्छन्।

  • इंग्ल्यान्ड र अर्जेन्टिनाबीचको फुटबल प्रतिस्पर्धा ऐतिहासिक तिक्तता बोकेको एउटा प्रतिक्षित र चर्चित खेल हो।

अर्जेन्टिनाका सर्वाधिक गोलकर्ता लियोनेल मेसीले राष्ट्रिय टोलीका लागि १ सय २५ गोल गरिसकेका छन्। फुटबल मैदानमा लियोनेल मेसीले हासिल नगरेका उपलब्धि सायद केही पनि छैन। उनी विश्वका यस्ता फुटबलर हुन् जो पूर्ण छन्। तर, बुधबार उनका लागि एक अर्को कारणले यो विश्वकप थप खास हुनेछ।

नेपाली समयअनुसार मध्यराति १२:४५ मा हुने भिडन्त अमेरिकाको एटलान्टामा हुनेछ। जहाँ अर्जेन्टिना र इंग्ल्यान्डबीचको विश्वकप सेमिफाइनलले आठ पटकका बालोन डी’ओर विजेता मेसीका लागि विल्कुल नयाँ अनुभवका कारण दुई सयभन्दा बढी अन्तर्राष्ट्रिय खेल खेलिसकेका र अर्जेन्टिनाका लागि १२५ गोल गरिसकेका ३९ वर्षीय मेसी अहिलेसम्म अन्तर्राष्ट्रिय फुटबलमा इंग्ल्यान्डसँग कहिल्यै खेल्ने अवसर पाएका छैनन्।

शनिबार स्विट्जरल्यान्डविरुद्धको क्वार्टरफाइनलमा केही समय अर्जेन्टिना दबाबमा परेको देखिएपछि मेसीको इंग्ल्यान्डसँगको पहिलो भेट फेरि टर्ने हो कि भन्ने आशंका पनि गरिएको थियो। तर अतिरिक्त समयमा अर्जेन्टिनाले उत्कृष्ट प्रदर्शन गर्दै ३-१ को जित निकाल्यो।

त्यो खेलमा मेसी पहिलो पटक यस विश्वकपमा गोल गर्न असफल भए। यद्यपि आठ गोलसहित उनी फ्रान्सका केलियन एमबाप्पेसँग संयुक्त रूपमा गोल्डेन बुटको दौडमा शीर्ष स्थानमा छन्। साथै उनी विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता पनि हुन्।

खेल विष्लेषक मिखा रिचर्ड्स यो खेल सबैभन्दा बढी प्रतिक्षित खेलका रुपमा लिन्छन्। उनी भन्छन्,’इंग्ल्यान्डका खेलाडीहरूले अर्जेन्टिनाभन्दा धेरै दौडिन सक्छन्। तर अर्जेन्टिनासँग मेसी भन्ने असाधारण प्रतिभा छ। टोलीका सबै खेलाडी उनीकै लागि खेल्छन्। त्यसैले यो खेल हेर्न सबै उत्साहित हुनु पर्छ।’

उनले थपे,’मेसीलाई मार्क गर्नु लगभग असम्भव हुन्छ। उनी रक्षामा फर्केर दौडिँदैनन्, तर कसैले कल्पना नगरेका साना खाली स्थानमा पुगेर सही समयमा खेलमा प्रभाव पार्छन्। उनको बल नियन्त्रण, प्राविधिक क्षमता, खेल पढ्ने शैली र गोल गर्ने कला अद्भुत छ।’

के इंग्ल्यान्ड मेसीसँग डराउनुपर्छ?
विश्लेषक क्रिस सटन भने फरक धारणा राख्छन्। उनी भन्छन् ‘मलाई लाग्छ, थोमस टुचेल र इंग्ल्यान्डका खेलाडीहरू अहिलेको अर्जेन्टिनासँग खेल्न उत्साहित नै हुने छन्। अहिलेको अर्जेन्टिना विगतजस्तो अत्यन्त शक्तिशाली टोली होइन। तर उनीहरूलाई जसरी पनि जित निकाल्ने बानी छ।’

पूर्व इंग्ल्यान्ड कप्तान वेन रुनीका अनुसार मेसीले रक्षात्मक भूमिकामा खासै योगदान नदिए पनि खेलको निर्णायक क्षणमा आफ्नो गुणस्तर देखाएर नतिजा बदल्न सक्छन्। ‘रक्षात्मक रूपमा हेर्दा मेसी अर्जेन्टिनाका लागि कमजोरी हुन सक्छन्। उनी पछाडि फर्केर दौडिँदैनन्। तर जुड बेलिङ्घमजस्तै उनीसँग खेलको निर्णायक क्षणमा चम्किने क्षमता छ।’

मेसी सबैभन्दा ठूलो विशेषता भनेको उनको निर्णय क्षमता रहेको रुनीको बुझाइ छ। उनी भन्छन् ‘खेलको महत्त्वपूर्ण क्षणमा उनी अचानक सक्रिय हुन्छन् र सधैं सही निर्णय लिन्छन्।’ उनले भने ‘मेसीलाई रोक्न एकाग्रता र खेलाडीहरूबीचको निरन्तर संवाद अत्यन्त आवश्यक हुन्छ। उनी कहाँ पुगेका छन् भन्ने जानकारी सधैं एकअर्कालाई दिइरहनु पर्छ।’

अर्जेन्टिनाले चाहेको सेमिफाइनल
दक्षिण अमेरिकी फुटबल विशेषज्ञ टिम विकेरीका अनुसार अर्जेन्टिनाका समर्थकहरूले सबैभन्दा धेरै चाहेको सेमिफाइनल यही थियो।
‘दुई सयभन्दा बढी अन्तर्राष्ट्रिय खेल खेलेर पनि इंग्ल्यान्डसँग नखेलेर मेसीको अन्तर्राष्ट्रिय करियर समाप्त हुन सक्दैन।

अर्जेन्टिनाका समर्थकहरूले इंग्ल्यान्डलाई आफ्नो सबैभन्दा ठूलो प्रतिद्वन्द्वी मान्छन्।’ त्यसोत इंग्ल्यान्डसँग फुटबल मात्र होइन राजनीतिक राइभरी भएकाले पनि यो खेल साँचिकै अभूतपूर्व प्रतिक्षित छ।

उनले स्विट्जरल्यान्डविरुद्धको खेल सम्झँदै भने, ‘दोस्रो हाफभर अर्जेन्टिनाका समर्थकहरू उफ्रिँदै ‘जो उफ्रँदैन, ऊ अंग्रेज हो’ भनेर गीत गाउँदै थिए। बुधबार त्यो नारा अझ धेरै सुनिने छ।’

इतिहासले बोकेको प्रतिस्पर्धा
इंग्ल्यान्ड र अर्जेन्टिनाबीचको प्रतिस्पर्धा अन्तर्राष्ट्रिय फुटबलकै सबैभन्दा तिक्त र चर्चित प्रतिस्पर्धामध्ये एक हो।

सन् १९८६ को विश्वकप क्वार्टरफाइनलमा डिएगो म्याराडोनाले गरेको विवादास्पद ‘ह्यान्ड अफ गड’ गोलदेखि लिएर सन् १९९८ मा फ्रान्स विश्वकपमा डेभिड बेकह्यामले रातो कार्ड पाएको घटनासम्म यी दुई टोलीबीचका खेलहरू सधैं नाटकीय बनेका छन्।

तर यसपटकको भिडन्त भने झन्डै २१ वर्षपछि यी दुई राष्ट्रबीचको पहिलो प्रतिस्पर्धा हुने छ। मेसीले १८ वर्षको उमेरमा अर्जेन्टिनाबाट डेब्यु गरेयता इंग्ल्यान्ड र अर्जेन्टिना केवल एकपटक मात्र भिडेका छन्। त्यो खेल पनि मेसीको डेब्युपछि तीन महिनाभन्दा कम समयमै भएको थियो।

सन् २००५ मा अर्जेन्टिनाले फिफा यू-२० विश्वकप जितेपछि उत्कृष्ट प्रदर्शनका कारण मेसीले राष्ट्रिय टोलीमा स्थान बनाएका थिए। तर जेनेभामा भएको इंग्ल्यान्डविरुद्धको मैत्रीपूर्ण खेलमा उनी खेल्न पाएनन्।

कारण थियो, हंगेरीविरुद्ध आफ्नो अन्तर्राष्ट्रिय डेब्यु खेलमै केवल ३० सेकेन्डपछि रातो कार्ड पाएर उनी निलम्बनमा परेका थिए। बुडापेस्टमा दोस्रो हाफमा मैदान प्रवेश गरेका मेसीले हंगेरीका डिफेन्डर भिल्मोस भान्चाकसँगको झडपपछि हात चलाउँदा रेफ्री मार्कुस मर्कले उनलाई सोझै रातो कार्ड देखाएका थिए।

मेसीविहीन त्यस रोमाञ्चक खेलमा अर्जेन्टिनाले दुईपटक अग्रता लिए पनि अन्तिम समयमा माइकल ओवेनले लगातार दुई गोल गर्दै स्वेन-गोरान एरिक्सनको प्रशिक्षणमा रहेको इंग्ल्यान्डलाई ३-२ को अविस्मरणीय जित दिलाएका थिए। साय यी सबै कारणहरू ताजा हुँदै गर्दा यो खेल धेरै अर्थमा एतिहासिक महत्त्वको हुनेछ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…