इंग्ल्यान्डविरुद्धको एकदिवसीय सिरिजमा भारतको विजयी सुरुवात

इंग्ल्यान्डविरुद्धको एकदिवसीय सिरिजमा भारतको विजयी सुरुवात
+
-
देशसञ्चार AI सारांश
  • भारतले तीन खेलको एकदिवसीय सिरिजमा इङ्गल्याण्डविरुद्ध पहिलो खेल ६ विकेटले जित्दै विजयी सुरुवात गरेको छ।
  • अक्षर पटेलले ४ विकेट लिएर र अविजित ५७ रनको अर्धशतक पुरा गर्दै जितको नायक बने।
  • शुभमन गिल र श्रेयस अय्यरले तेस्रो विकेटका लागि १०१ रनको साझेदारी गरेपछि भारतको इनिङ्स सम्हालियो।

भारत र इंग्ल्यान्डबीच सुरु भएको तीन खेलको एकदिवसीय सिरिजमा भारतले विजयी सुरुवात गरेको छ।

इंगल्यान्डले दिएको २ सय ५९ रनको लक्ष्य पछ्याएको भारतले ४५.२ ओभरमा ४ विकेट गुमाएर २ सय ६२ रन बनाउँदै ६ विकेटको सहज जित हात पारेको हो।

सिरिजको दोस्रो खेल जुलाई १६ मा कार्डिफमा हुनेछ। बर्मिङहममा भएको खेलमा इंग्ल्यान्डले टस जितेर पहिले ब्याटिङ गर्दै ४७.५ ओभरमा अलआउट हुँदै २ सय ५८ रन बनाएको थियो।

उसको लागि जो रुटले ७६ रन बनाउनु सर्वाधिक रह्यो। उनी बाहेक लियम डउसनले ६८ रनको अर्धशतकीय इनिङ खेले। त्यस्तै ओपनर बेन डकेटले ४३ रन बनाउँदा विल ज्याक्सले २० रन तथा ज्याकब बेथहिलले १४ रन बनाएका थिए।

जितका नायक बनेका भारतका अलराउन्डर अक्षर पटेललले ४ विकेट लिए। उनले ब्याटिङ तर्फ पनि अविजित ५७ रनको उत्कृष्ट अर्धशतकीय इनिङ खेलेका थिए।

त्यस्तै कप्तान शुभमन गिलले ८० रन बनाए भने वासिङ्टन सुन्दर ५२ रनमा अविजित रहे। भारतको सुरुआत भने राम्रो हुन सकेन। रोहित शर्मा ११ रन र विराट कोहली ५ रनमै आउट भएपछि टोली दबाबमा परेको थियो। त्यसपछि कप्तान शुभमन गिल र श्रेयस अय्यरले तेस्रो विकेटका लागि १०१ रनको साझेदारी गर्दै इनिङ्स सम्हाले।

अय्यरले ३५ रन बनाएका थिए। गिलले ७५ बलमा ८० रन बनाए। तर खुट्टामा क्र्याम्प्स आएपछि उनी ‘रिटायर्ड हर्ट’ हुँदै मैदानबाट बाहिरिए। त्यसको लगत्तै अर्को ओभरमा श्रेयस रनआउट भए भने केएल राहुल केवल १ रन बनाएर बोल्ड भए। त्यसबेला भारतको स्कोर ४ विकेट गुमाएर १६० रन थियो।

चार विकेट गुमाइसकेपछि अक्षर पटेल र वासिङ्टन सुन्दरले भारतको इनिङ्स सम्हाले। दुवैले पाँचौँ विकेटका लागि अविजित १०२ रनको साझेदारी गर्दै टोलीलाई जितसम्म पुर्याए। अक्षरले ५२ बलमा अविजित ५७ रन बनाए भने वासिङ्टनले ६३ बलमा अविजित ५२ रन जोडे। वासिङ्टनले विजयी छक्का प्रहार गर्दै आफ्नो अर्धशतक पनि पूरा गरेका थिए।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…