दोस्रो सेमिफाइनलमा इंग्ल्यान्ड र अर्जेन्टिना, कसले मार्ला बाजी?

दोस्रो सेमिफाइनलमा इंग्ल्यान्ड र अर्जेन्टिना, कसले मार्ला बाजी?
+
-
देशसञ्चार AI सारांश
  • अर्जेन्टिना र इंग्ल्यान्डबीचको प्रतिस्पर्धा विश्वकपमा ऐतिहासिक रुपमा नाटकीय रहेको छ, जसले फुटबलमा एक विशेष स्थान लिएको छ।

  • अर्जेन्टिनाको सबैभन्दा ठूलो शक्ति मेसी हुन्, जसले खेलको दिशा कुनै पनि क्षण बदल्न सक्छन्।

  • इंग्ल्यान्डको बलियो पक्ष केन-बेलिङ्घम जोडी हो, तर रक्षापंक्ति कहिलेकाहीँ असंगठित देखिएको छ।

विश्व फुटबलका दुई कडा प्रतिद्वन्द्वी अर्जेन्टिना र इंग्ल्यान्ड बुधबार अमेरिकाको एटलान्टामा हुने फिफा विश्वकप २०२६ को दोस्रो सेमिफाइनलमा प्रतिस्पर्धा गर्दै छन्।

नेपाली समय अनुसार मध्यराति १२:४५ मा हुने भिडन्त विश्व फुटबलका लागि बहुप्रतिक्षित छ।

साबिक विजेता अर्जेन्टिना र इंग्ल्यान्डबीचको विश्वकप भिडन्त सधैं नाटकीय रहँदै आएको छ।

सन् १९८६ मा डिएगो म्याराडोनाको चर्चित ‘ह्यान्ड अफ गड’ गोलदेखि सन् १९९८ मा डेभिड बेकह्यामले डिएगो सिमोनीलाई लात हानेपछि पाएको रातो कार्डको घटनासम्म, यी दुई टोलीबीचका खेलले फुटबल इतिहासमा विशेष स्थान बनाएका छन्।

२४ वर्षपछि विश्वकपमा फेरि भेट हुन लागेको यो खेलले उनीहरूको प्रतिस्पर्धामा अर्को नयाँ अध्याय थप्ने छ।

यो खेल लियोनेल मेसीको विश्वकप करियरमा पहिलोपटक इंग्ल्यान्डको सामना गर्ने अवसर पनि हुने छ। अर्कोतर्फ इंग्ल्यान्डसँग कप्तान ह्यारी केन र स्टार मिडफिल्डर जुड बेलिङ्घमजस्ता खेलाडीका लागि अर्जेन्टिना बहुप्रतिक्षित प्रतिद्वन्दीका रुपमा रहने छ।

यस खेलको विजेताले आइतबार हुने फाइनलमा स्पेनको सामना गर्ने छ।

कस्को सम्भावना कति?

ओप्ट सुपर कम्प्युटरका अनुसार इंग्ल्यान्डले निर्धारित ९० मिनेटभित्र जित्ने सम्भावना ३८.९ प्रतिशत छ।

अर्को तर्फ अर्जेन्टिनाको जित्ने सम्भावना ३४.१ प्रतिशत रहेको छ।

खेल अतिरिक्त समयमा जाने सम्भावना २७ प्रतिशत रहेको उसको अनुमान छ।

यो खेल अमेरिकाको जर्जिया राज्यस्थित एटलान्टाको मर्सिडिज–बेन्ज स्टेडियम (एटलान्टा स्टेडियम) मा हुने छ।

विश्वकपका लागि ६८,२३९ दर्शक क्षमताको यो रंगशालामा यसअघि सात खेल आयोजना भइसकेका छन्। खुल्ने-बन्द हुने छाना (रिट्र्याक्टेबल रुफ) र ३६० डिग्री ‘हेलो’ भिडियो स्क्रिनका कारण यो विश्वकपकै सबैभन्दा आधुनिक रंगशालामध्ये एक मानिन्छ ।

दुवै टोली हालसम्म प्रतिस्पर्धात्मक र मैत्रीपूर्ण गरी १४ पटक भिडेका छन्। जहाँ इंग्ल्यान्डले ६ खेलमा जित निकाल्दा अर्जेन्टिनाले ३ खेलमा जित हासिल गरेको छ।

अर्को तर्फ ५ बराबरी भएका छन्। यी दुई टोली विश्वकपमा पाँच पटक आमनेसामने भएका छन्। २००२ मा इंग्ल्यान्ड १-० अर्जेन्टिनालाई हराउँदा १९९८ मा अर्जेन्टिनाले इंग्ल्यान्डसँग २-२ गोलको बराबरी खेलेको थियो पछि पेनाल्टी सुटआउटमा अर्जेन्टिना ४-३ विजयी भयो। त्यसअघि १९८६ मा अर्जेन्टिना २-१ ले विजयी हुँदा १९६६: इंग्ल्यान्ड १-० ले अर्जेन्टिनालाई हराउन सफल भयो।

विश्वकपमा हालसम्म इंग्ल्यान्डले तीन र अर्जेन्टिनाले दुई खेल जितेका छन्।

कस्को कुन पक्ष बलियो?

अर्जेन्टिनाको सबैभन्दा ठूलो शक्ति मेसी हुन्। यी महान् खेलाडीले कुनै पनि क्षण खेलको दिशा बदल्न सक्छन्।

३९ वर्षको उमेर र आफ्नो छैटौं विश्वकप खेलिरहेका मेसी अझै पनि टोलीका सबैभन्दा खतरनाक आक्रमणकारी बनेका छन्। समूह चरणमा शतप्रतिशत नतिजा निकाल्दै सहज रूपमा अघि बढेको अर्जेन्टिना नकआउट चरणमा भने अपेक्षाअनुसार प्रभावशाली देखिएको छैन।

अन्तिम ३२ मा सानो टोली केप भर्डेसँग अतिरिक्त समयसम्म संघर्ष गर्नुपरेको थियो। त्यस्तै अन्तिम १६ मा इजिप्टविरुद्ध दुई गोलले पछि परेको अवस्थाबाट पुनरागमन गर्दै जित निकाल्यो। त्यस्तै क्वार्टरफाइनलमा स्विट्जरल्यान्डसँग पनि १२० मिनेट खेल्नुपर्‍यो।

यी तीनै खेलमा स्पष्ट दाबेदार हुँदाहुँदै पनि अर्जेन्टिनाले अन्तिम क्षणमा मात्र आफ्नो आक्रमण शक्ति देखाएर नतिजा आफ्नो पक्षमा पारेको थियो। प्रश्न अब यही छ के उसले हरेक पटक यस्तै गरेर बच्न सक्ला?

इंग्ल्यान्डको बलियो र कमजोर पक्ष इंग्ल्यान्डको सबैभन्दा ठूलो बल पनि उसको आक्रमण पंक्ति नै हो, विशेषगरी केन-बेलिङ्घम जोडी।

३२ वर्षीय केन र २३ वर्षीय बेलिङ्घम पालैपालो टोलीका उद्धारकर्ता बनेका छन्। प्रतियोगितामा इंग्ल्यान्डले गरेको १३ गोलमध्ये १२ गोल यी दुईले गरेका छन्।

तर टोलीको रक्षापंक्ति भने कहिलेकाहीँ असंगठित देखिएको छ। क्वार्टरफाइनलमा नर्वेमाथिको जितपछि प्रशिक्षक थोमस टुचेल आफ्ना खेलाडीको प्रदर्शनबाट पूर्ण सन्तुष्ट देखिएनन्।

उनले टोलीको खेललाई ‘फितलो’, ‘पर्याप्त याट्याकिङ क्षमता नभएको’ र ‘प्राविधिक गल्तीहरूले भरिएको’ भन्दै आलोचना गरेका थिए।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…