मौसममा सुधार : अब ठूलो र लगातार वर्षाको सम्भावना छैन – मौसमविद्

मौसममा सुधार : अब ठूलो र लगातार वर्षाको सम्भावना छैन – मौसमविद्
फाइल तस्बिर
+
-

काठमाडौँ – भारी वर्षा गराउने मौसमी प्रणाली बाहिरिएसँगै मौसममा सुधार आउन थालेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मौसमविद् वरुण पौडेलका अनुसार गएको आइतबारदेखि देशका विभिन्न क्षेत्रमा सक्रिय रहेको झरी तथा भारी वर्षा गराउने मौसमी प्रणाली बुधबार राति बाहिरिएको हो।

‘भारी वा झरी पार्ने मौसमी प्रणाली रातिदेखि बाहिरिएको छ। अब ठूलो र लगातार पानी पर्दैन अर्को ठूलो मौसमी प्रणाली नभित्रिएसम्म’, उनले भने, ‘तत्काललाई ठूलो मौसमी प्रणाली भित्रिने सम्भावना पनि देखिएको छैन।’

उनका अनुसार ठूलो पानी पर्ने न्यून चापीय प्रणाली तथा पश्चिमी वायुको प्रणालीको संयुक्त प्रभाव हटेको हो। ‘तर त्यो प्रणालीले छोडेर गएको जलवाष्पयुक्त हावाको प्रभावले देशका विभिन्न स्थानमा बदली र छिटफुटदेखि हल्का पानी भने पर्न सक्छ। आत्तिनु भने पर्दैन’, मौसमविद् पौडेलले थपे, ‘अब जनजीवन क्रमिक रुपमा सामान्य हुने गरी मौसममा सुधार आउने देखिन्छ।’

लगातारको भारी वर्षाका कारण विशेष गरी कर्णाली र सुदूर पश्चिममा भित्र्याउने बेलाको धानबालीमा ठूलो क्षति भएको छ। ‘बिहीबारदेखि किसानहरुले पनि केही राहत महसुस गर्न पाउनु हुनेछ’, उनले भने, ‘हल्का पानी परे पनि झरी पर्दैन। घाम लाग्नेछ।’

अहिले भारतको बिहारमा रहेको न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको सामान्य प्रभावमात्रै नेपालमा रहेको उनले बताए।

हाल देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १ र बागमती प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

बिहीबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

यस्तै राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहने छ। प्रदेश नं १ र गण्डकी प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

यो पनि पढ्नुहोस्

धानका पाँजामा देखिएको विपदको कारुणिक दृश्यका कारण र कमजोरी के होला?

धानका पाँजामा देखिएको विपदको कारुणिक दृश्यका कारण र कमजोरी के होला?

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…