रवि लामिछानेको कार्यालयमा अदालतको पक्राउ पूर्जीसहित पुगेको थियो प्रहरी टोली

रवि लामिछानेसँग शालिकराम पुडासैनी। तस्बिर: शालिकराम पुडासैनीको फेसबुक।

काठमाडौँ- पत्रकार आत्महत्या प्रकरणमा समातिएका रवि लामिछानेलाई बिहीबार नै घटनास्थल चितवनतर्फ लगिने भएको छ।

अपराध महाशाखा र काठमाडौँ प्रहरी परिसरको संयुक्त टोलीले पत्रकार लामिछानेलाई उनको न्युज ट्वेन्टी फोरस्थित कार्यालयबाट बिहीबार नै समातेको हो। चितवन जिल्ला अदालतको पक्राउ पूर्जीसहित पुगेको प्रहरीको टोलीले उनलाई समातेको हो। लामिछानेको टोलीले प्रहरीको भिडियो पनि खिचेको थियो।

चितवनमा केही दिनअघि आत्महत्या गरेको भनिएका पत्रकार शालिकराम पुडासैनी प्रकरणमा पत्रकार लामिछाने बिहीबार पक्राउ परेका हुन्।

पुडा‍सैनीले आत्महत्याअघिको भिडियोमा आफ्नो मृत्युका लागि दोषी देखाएका रवि लामिछाने प्रहरी नियन्त्रणमा परेका हुन्। पुडासैनीले पोलेका नर्स अस्मिता कार्की र पत्रकार युवराज कँडेल पनि पक्राउ परेका छन्। कार्की  र कँडेललाई चितवनतर्फ लगिसकिएको छ।

पुडासैनीको आत्महत्याअघिको भिडियो सार्वजनिक भएपछि प्रहरीले यसबिरुद्ध कारबाही सुरु गरेको हो।

 

साउन ३०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू