इब्राहिमोविचले गरे दुई गोल, एसी मिलानको विजयी यात्रा कायम

इब्राहिमोविचले गरे दुई गोल, एसी मिलानको विजयी यात्रा कायम
+
-

इटालियन सिरी ए फुटबलमा यो सिजन लगातार राम्रो प्रदर्शन गर्दै आएको एसी मिलानले लिग अन्तर्गत शनिबार राति भएको खेलमा इन्टर मिलानमाथि सहज जित दर्ता गरेको छ ।

अवे मैदानमा भएको खेलमा एसी मिलानले इन्टर मिलानलाई २–१ ले पराजित गरेको हो । एसी मिलानको जितमा जाल्टन इब्राहिमोविचले दुई गोल गरेका हुन् ।

उनले १३ र १६ औँ मिनेटमा गोल गरी टिमलाई अग्रता दिलाए । रामेलु लुकाकुले २९ औँ मिनेटमा इन्टर मिलानका लागि एक गोल फर्काए । दोस्रो हाफमा दुवै तर्फबाट गोल हुन सकेन र एसी मिलान विजयी भयो ।

जितपछि शीर्ष स्थानका एसी मिलानको चार खेलबाट १२ अंक भएको छ, अर्थात एसी मिलान यो सिजन अहिलेसम्मका सबै खेलमा विजयी भएको छ । सात अंकसहित इन्टर मिलान छैटौँ स्थानमा छ ।

लिग अन्तर्गत शनिबार राति नै भएको खेलमा दोस्रो स्थानको एट्लान्टा तेस्रो स्थानको नापोलीसँग ४–१ ले पराजित भयो । एट्लान्टाको ९ तथा नापोलीको ८ अंक छ । ८ अंकसहित साबिक विजेता युभेन्टस चौथो स्थानमा रहेको छ ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…