दसैँ अवधिभर भारी वर्षा हुने, कहाँ कस्तो हुनेछ मौसम?

दसैँ अवधिभर भारी वर्षा हुने, कहाँ कस्तो हुनेछ मौसम?
फाइल तस्बिर
+
-

काठमाडौँ – यो वर्षको मनसुन सरदर मितिभन्दा ढिला गरी बाहिरिने देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको पूर्वानुमा महाशाखाले शुक्रबार अपराहन्न विशेष मौसमी बुलेटिन जारी गरेर दसैँका बेला पानी पर्ने र मनसुन ढिलो गरी बाहिरिने जानकारी दिएको हो ।

‘नेपालमा मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ भए पनि यस वर्ष मनसुन सरदर मितिभन्दा केही दिन ढिला बाहिरिने सम्भावना देखिएको छ’, बुलेटिनमा भनिएको छ, ‘हाल बङ्गालको खाडीमा विकसित भइरहेको न्यून चापीय क्षेत्र उत्तर पश्चिमीतर्फ सर्दै जाने क्रममा असोज १८ गते अर्थात् महानवमी (मंगलबार) देखि नेपालमा पनि यस प्रणालीको प्रभाव पर्ने हुँदा मनसुनी वर्षा सक्रिय हुने सम्भावना देखिएको छ।’

आउँदो मंगलबार अर्थात् महानवमीको दिन देशभर आंशिकदेखि सामान्यतया बदली रही प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना विभागले जनाएको छ ।

यस्तै दसैँको दिन अर्थात् आउँदो बुधबार देशभर सामान्यदेखि पूर्णतया बदली रही देशका धेरै स्थानमा मेघगर्जन चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा हुने मौसमविदले बताएका छन् । यस्तै गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशहरूका थोरै स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना छ।

मौसम दसैँको भोलिपल्ट अर्थात् बिहीबार पनि सुधार नहुने देखिएको छ । त्यसदिन देशभर सामान्यदेखि पूर्णतया बदली रही सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने विभागले जनाएको छ। यस्तै सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशहरूका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ।

यस्तै असोज २१ अर्थात शुक्रबार देशभर सामान्यदेखि पूर्णतया बदली रही सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने विशेष बुलेटिनमा उल्लेख गरिएको छ । त्यस दिन सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना छ।

दसैँको अवधिमा पनि पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने, सडक तथा हवाई यातायात र कृषि लगायतका क्षेत्रहरू प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन सर्वसाधारण तथा सबै सरोकारवाला निकायमा विभागले आग्रह गरेको छ ।

मौसमी अवस्थाबारे निरन्तर अनुगमन गरिरहने र त्यसअनुसार सूचना अध्यावधिक गर्दै जाने भएकाले दैनिक रुपमा मौसमबारे जानकारी लिन र पूर्वानुमान महाशाखाबाट जारी हुने तीन दिने बुलेटिन नियमित हेर्न विभागले आग्रह गरेको छ । गत वर्ष दसैँको समयमा भारी वर्षा हुँदा भित्र्याउने बेलाको धान बालीमा गम्भीर क्षति पुगेको थियो ।

यो पनि पढ्नुहोस्

किसानसम्म मौसमको जानकारी नपुग्दा वर्षाले बालीमा अधिक क्षति

किसानसम्म मौसमको जानकारी नपुग्दा वर्षाले बालीमा अधिक क्षति

धानका पाँजामा देखिएको विपदको कारुणिक दृश्यका कारण र कमजोरी के होला?

धानका पाँजामा देखिएको विपदको कारुणिक दृश्यका कारण र कमजोरी के होला?

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…