प्रधानमन्त्री कपः कोशीको लगातार चौथो हार, पुलिस शीर्ष स्थानमा

प्रधानमन्त्री कपः कोशीको लगातार चौथो हार, पुलिस शीर्ष स्थानमा
+
-

जनकपुरधाम – प्रधानमन्त्री कपअन्तर्गत जारी एक दिवसीय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले कोशी प्रदेशलाई ६ विकेटले पराजित गरेको छ।

मंगलबार वीरगञ्जस्थित नारायणी रंगशालामा भएको २१ औँ खेलमा १६३ रनको लक्ष्य पाएकोमा पुलिसले ९७ बल बाँकी रहँदै ६ विकेटले जित निकालेको हो।

पुलिसका लागि कप्तान आरिफ शेखले ७९ बलमा अविजित ८१ रन बनाउँदा राशिद खानले ९० बलमा अविजित ७३ रन बनाए। ओपनर दिनेश खरेलले २ रन बनाएर आउट हुँदा अर्का ओपनर शंकर राना, अमित श्रेष्ठ र दिलसाद अली शून्य रनमा आउट भए।

पुलिसले ३३.५ ओभरमा ४ विकेट गुमाउँदै १६५ रन बनाएको हो। बलिङमा विपिन महतोले ७.५ ओभरमा २९ रन दिएर २ विकेट लिँदा दिपेश कँडेलले १० ओभरमा २६ रन दिएर १ विकेट लिए। एक जना भने रन आउट भए।

यसअघि टस हारेर ब्याटिङ गरेको कोशीका खेलाडी ४२.५ ओभरमा सबै विकेट गुमाउँदै १६२ रन मात्र बनाउन सके। कोशीको तर्फबाट कप्तान सुन थपलिया ४२ बलमा ४८ रन बनाएर रन आउट हुँदा सुमन श्रेष्ठले ९४ बलमा ४३ रन बनाए। यस्तै, अंकित सुवेदीले ४१ ब्लमा २६, शिवास बजगाईँले ३२ बलमा १५, दिपेश कँडेलले ११ बलमा ५ रन बनाए।

बलिङमा पुलिसका दिनेश खरेलले ७.५ ओभरमा २१ रन दिएर ५ विकेट लिँदा ललित राजवंशी र सागर ढाकालले समान २/२ विकेट लिए। ५ विकेट लिएका खरेल म्यान अफ द म्याच भए।

पाँच वटा म्याच भएकोमा कोशीले चार हारसहित अंक तालिकामा सबैभन्दा तल रहेको छ। कोशीले रद्द भएको म्याचमा पाएको १ अंकसहित १० औँ स्थानमा छ भने ५ खेलमा ३ जित निकालेको नेपाल पुलिस ७ अंकसहित पहिलो स्थानमा रहेको छ। यस्तै, ७ अंक रहेको मधेस दोस्रो र त्रिभुवन आर्मी तेस्रो स्थानम रहेको छ। सुदूरपश्चिम प्रदेश ६ अंकसहित चौथो स्थानमा रहेको छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…