- राजस्थान रोयल्सले आइपिएलमा लगातार चौंथो जित निकाल्दै रोयल च्यालेन्जर्स बेंगलोरुलाई ६ विकेटले पराजित गर्यो।
- बेंगलोरुले दिएको २०२ रनको लक्ष्य राजस्थानले १८ ओभरमा ध्रुव जुरेल र वैभव सुर्यवंशीका धमाकेदार पारिका साथ पुरा गर्यो।
- जितपछि ८ अंकसहित तालिकाको शीर्षस्थानमा रहेको राजस्थान पछ्याउँदै ५ अंकमा पञ्जाब दोस्रो स्थितीमा छ।
इन्डियन प्रिमियर लिग (आइपिएल)मा राजस्थान रोयल्सले लगातार चौंथो खेलमा जित निकालेको छ। शनिबार राति सम्पन्न खेलमा राजस्थानले अर्को अपराजित टोली रोयल च्यालेन्जर्स बेंगलोरुलाइ ६ विकेटले हराउँदै लगातार चौंथो जित निकालेको हो।
बेंगलोरुले दिएको २ सय २ रनको लक्ष्य ४ विकेट गुमाएर १८ ओभरमै पुरा गर्न राजस्थान सफल भयो। राजस्थानका लागि ध्रुव जुरेलले ८१ रनको अविजित अर्धशतकीय इनिङ खेल्दा किशोर स्टार वैभव सुर्यवंशीले ७८ रनको इनिङ खेलेका थिए। त्यस्तै यसस्वी जैसवालले १३ रन बनाउँदा रविन्द्र जडेजाले २४ रनको अविजित इनिङ खेले।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बेंगलोरुले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर २ सय १ रन बनाएको थियो। उसका लागि कप्तान रजत पाटिदारले ६३ रन बनाउनु सर्वाधिक रह्यो। उनी बाहेक विराट कोहलीले ३२ रन बनाउँदा देवदत पाडिकलले १४ तथा टिम डेभिडले १३ रन बनाए। त्यस्तै रोमारियो सेफर्डले २२ रन बनाउँदा बेंकाटेश अय्यर २९ रनमा अविजित रहे।
जितपछि राजस्थान ४ खेलबाट ८ अंक बनाएर तालिकाको शीर्ष स्थानमा रहेको छ। त्यस्तै ३ खेल खेलेको पञ्जब ५ अंक बनाएर दोस्रो स्थानमा रहँदा तीन खेलबाटै बेंगलोरु र दिल्ली तथा लखनउ ४ अंक शहित क्रमश तेस्रो चौंथो र पाँचौं स्थानमा रहेका छन्।
भर्खरै
लोकप्रिय
