एसियन खेलकुद छनोटको फाइनलमा नेपाल

एसियन खेलकुद छनोटको फाइनलमा नेपाल
+
-
देशसञ्चार AI सारांश
  • नेपाली राष्ट्रिय क्रिकेट टोलीले ओमानलाई ८ विकेटले हराएर एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश गर्यो।
  • ओमानले १९.४ ओभरमा ९४ रन मात्र बनाउन सफल भएपछि नेपालले लक्ष्य ९.२ ओभरमा पूरा गर्यो।
  • नेपालको जितमा लोकेश बमले सानदार अविजित ४४ रन बनाउँदा करण केसीले ३ विकेट लिए।

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टोली एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश गरेको छ। आइतबार बिहान सम्पन्न सेमिफाइनलमा ओमानलाई ८ विकेटले हराउँदै नेपाल फाइनलमा पुगेको हो।

सिंगापुरमा टस जितेर पहिले ब्याटिङ गरेको ओमान १९.४ ओभरमा अलआउट हुँदै ९४ रनमा समेटिएको थियो। जवाफमा नेपालले उक्त लक्ष्य सहज तरिकाले पुरा गर्यो। नेपालले ओमानले दिउको लक्ष्य ९.२ ओभरमा २ विकेट गुमाएर पुरा गर्दै फराकिलो जित निकाल्यो।

नेपालको जितमा लोकेश बमले २६ बलमा ७ चौका र १ छक्काको सहयोगमा ४४ रनको अविजित इनिङ खेलेका थिए। त्यस्तै ओपनर कुशल भुर्तेलले २० रन बनाउँदा रोहित पौडेलले २१ रनको अविजित इनिङ खेले।

त्यसअघि पहिले ब्याटिङ गरेको ओमानका लागि कप्तान सुफ्यन महमुदले ३८ रन बनाउँदा अब्दुलजलिल खानले १६ तथा जुबाइर अली अकबरले २२ रन बनाएका थिए। नेपालका लागि करण केसीले ३ विकेट लिंदा सोमपाल कामी र सन्दीप लामिछानेले २-२ विकेट लिए। त्यस्तै साहब आलम, कुशल मल्ल र दिपेन्द्र सिंह ऐरीले १-१ विकेट हात पारेका थिए।

नेपालले अब सोमबार हङकङ र मलेसियाबीच खेलको विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्ने छ। यसअघिनै सेमिफाइनल पुग्ने चार टोली एसियाली खेलकुदमा छनोट भइसकेका छन् ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…