अ
+
अ
अ
-
काठमाडौँ- एसियन खेलकुद (एसियाड) छनोटमा नेपाललाई उपाधिका लागि हङकङले १ सय ८९ रनको लक्ष्य प्रस्तुत गरेको छ।
टस हारेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ८८ रन बनाएको थियो।
हङकङका लागि अन्सुमान रथले ४५ बलमा समान ६ चौका र छक्काको सहयोगमा ८० रन बनाए।
त्यस्तै, शिभ माथुरले २६ रन बनाउँदा साहिद वासिफले ५५ रनको अर्धशतकीय इनिङ खेलेका थिए।
नेपालका लागि शेर मल्लले ४ विकेट लिँदा करण केसीले २ तथा सन्दीप लामिछानेले १ विकेट लिएका थिए।
भर्खरै
लोकप्रिय
