- दाङ यू–१९ पुरुष क्रिकेट प्रतियोगिताबाट ३० जना खेलाडी बन्द प्रशिक्षणका लागि छनोट भएका छन्, जसमा १३ वर्षीय सुशान्त भण्डारी विशेष आकर्षण छन्।
- भण्डारीले कम उमेरमै उत्कृष्ट खेलकौशलका कारण भेटिएका छन् र क्रिकेटकर्मीहरूबाट प्रशंसा प्राप्त गरेका छन्।
- पारिवारिक हौसला र नियमित अभ्यासले उनलाई दाङको क्रिकेट क्षेत्रमा स्थापित र उज्ज्वल भविष्यको संकेत दिएको छ।
दाङ– दाङ जिल्ला क्रिकेट संघले आयोजना गरेको दाङ यू–१९ पुरुष क्रिकेट प्रतियोगिताबाट ३० जना खेलाडी बन्द प्रशिक्षणका लागि छनोट भएका छन्। छनोट हुने खेलाडीमध्ये १३ वर्षीय सुशान्त भण्डारी विशेष आकर्षणका रूपमा रहेका छन्।
भण्डारीले कम उमेरमै आफ्नो उत्कृष्ट खेल कौशलका कारण विशेष चर्चा बटुलेका छन्। उनी ब्याटिङ र विकेटकिपिङ दुवैमा अब्बल प्रदर्शन गर्दै आएका प्रतिभावान खेलाडी हुन्। विभिन्न उमेर समूहका प्रतियोगितामा निरन्तर राम्रो प्रदर्शन गर्दै आएका सुशान्तले क्रिकेटप्रतिको समर्पण, मेहनत र अनुशासनका कारण प्रशिक्षक तथा क्रिकेटकर्मीहरूको ध्यान आकर्षित गर्न सफल भएका छन्।
पारिवारिक हौसला, नियमित अभ्यास र आफ्नै प्रतिभाको बलमा उनी छोटो अवधिमै दाङको क्रिकेट क्षेत्रमा आशालाग्दो खेलाडीका रूपमा स्थापित हुँदै गएका छन्। १३ वर्षको उमेरमै यू–१९ टोलीको बन्द प्रशिक्षणमा स्थान बनाउन सफल हुनु उनको उज्ज्वल क्रिकेट भविष्यको संकेतका रूपमा हेरिएको छ।
दाङ जिल्ला क्रिकेट संघका अनुसार वैशाख ६, ७ र ८ गते सम्पन्न प्रतियोगिताको प्रदर्शनका आधारमा शुभम खनाल, दिनेश बोहरा, प्रिन्स थापा, सुशान्त भण्डारी, हिमालबाबु देवकोटा, गणेश धिताल, दक्ष ठाकुर, योगेश्वर कबर, करन जि.एम., सन्दिप थापा, पोषण पौडेल, सुशिल जि.सी., मिलन राना, भुपेन्द्र थापा, अतिराज पाण्डे, अनुप डाँगी, बिषम घर्ति, मनोज के.सी., बिगत के.सी., रिजन बुढाथोकी, सक्षम शर्मा, प्रिन्स भुसाल, मानिक बाँठा, अस्मिन पोख्रेल, राजेश खड्का, सुलभ श्रेष्ठ, जोन वली, अमिश सेन्चुरी, गगन पुन र अंकित परियार बन्द प्रशिक्षणका लागि छनोट भएका हुन्।
भर्खरै
लोकप्रिय
