अ
+
अ
अ
-
काठमाडौं- नेपाली खेलकुदको सर्वोच्च नियमनकारी निकायका रुपमा रहेको राष्ट्रिय खेलकुद परिषद (राखेप)को उपाध्यक्षमा नेपाली राष्ट्रिय फुटबल टोलीक पूर्व गोलरक्षक विशाल श्रेष्ठलाई नियुक्त गरिएको छ।
राखेपमा चार जना नयाँ सदस्य पनि नियुक्त भएका छन्। सदस्यहरु अधिकांश पूर्व खेलाडी पृष्ठभूमिबाटै नियुक्त भएका छन्।
जसमा पूर्व नेपाली क्रिकेटर शक्ति गौचन, सिक्का सुवाल श्रेष्ठ, पवन शाही र मोनालिसा खम्बू नियुक्त भएका छन्।
नवनियुक्त पदाधिकारीहरूले खेलकुद क्षेत्रको विकास, खेल प्रशासनको सुदृढीकरण तथा खेलाडीमैत्री नीति निर्माणमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
भर्खरै
लोकप्रिय
