मेयर कप अन्तर विद्यालय फुटबल: कृष्ण मावि र ज्ञानाेदय विजयी

मेयर कप अन्तर विद्यालय फुटबल: कृष्ण मावि र ज्ञानाेदय विजयी
+
-
देशसञ्चार AI सारांश
  • कृष्ण मावि कोहलपुरले मनकामना माविलाई ३-० को गोल अन्तरले पराजित गर्दै पहिलो खेल जितेको थियो।
  • ज्ञानेदय मावि खजुराले योगिनी मावि गौघाटलाई २-० गोलले हराउँदै विजयी भएका छन्।
  • ३७ विद्यालय सहभागी प्रतिस्पर्धामा विजेताले ३१ हजार र उपविजेताले १६ हजार नगद पुरस्कार जिते।

नेपालगन्ज- बाँके जिल्ला फुटबल संघले आयाेजना गरेकाे बाँके जिल्ला स्तरीय मेयर कप अन्तर विद्यालय छात्र/छात्रा (यु-१८) फुटबल प्रतियाेगितामा कृष्ण मावि काेहलपुर र ज्ञानाेदय मावि खजुरा विजयी भएका छन् ।

कृष्ण माविले नेपालगन्जकाे मनकामना मावि र ज्ञानाेदयले याेगिनी मावि गाैघाटलाई पराजित गरेका हुन् ।

पहिलाे खेलमा कृष्ण माविले मनकामनालाई ३-० गाेल अन्तरले पराजित गर्याे । कृष्ण माविका पवल परियारले ९ र ५० मिनेट र जाेकिरण विकले १३ मिनेटमा गाेल गरेका थिए । याे खेलमा कृष्ण माविका पवल परियार प्लेयर अफ द म्याच भए । उनलाई बाँके जिल्ला खेलकुद विकास समितिका प्रमुख सन्ताेष श्रेष्ठले पुरस्कृत गरे ।

अर्काे खेलमा ज्ञानाेदयले याेगिनी माविलाई २-० गाेलले पराजित गर्याे । ज्ञानाेदयका निशान विकले दुवै गाेल गरे । उनले १३ र ४० मिनेटमा गाेल गरेका थिए । प्लेयर अफ द म्याच भएका निशानलाई ज्ञानाेदय मावि विद्यालय व्यवस्थापन समितिका सदस्य विजय गुरुङ र वडा प्रहरी कार्यालय नेपालगन्जका प्रहरी सहायक निरीक्षक कमला जाेशीले पुरस्कृत गरे ।

नेपालगन्ज उपमहानगरपालिकाकाे सहयाेगमा सञ्चालित प्रतियाेगितामा ३७ वटा विद्यालयले भाग लिएका छन् । प्रतियाेगिताका विजेतालाई ३१ हजार र उपविजेतालाई १६ हजार तथा सर्वाेत्कृष्ट खेलाडीलाई दुई हजार पाँच सय पुरस्कार राखिएकाे एन्फाका केन्द्रीय सदस्य तथा बाँके जिल्ला फुटबल संघका अध्यक्ष भाेजराज शाहीले जानकारी दिए ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…