विश्वकप: बुधबार यी सुपरस्टारको हुँदैछ परीक्षा

विश्वकप: बुधबार यी सुपरस्टारको हुँदैछ परीक्षा
+
-
देशसञ्चार AI सारांश
  • फिफा विश्वकप २०२६ को प्रतिस्पर्धा बुधबारबाट सुरु हुँदै गर्दा एम्बाप्पे, हालान्ड, मेसी र रोनाल्डोको टोली पहिलो खेल खेल्दै छन्।
  • नर्वेले समूह ‘आई’ मा इराकविरुद्ध खेल्दै विश्वकपमा २१औँ शताब्दीको पहिलो उपस्थिति जनाउने छ, हालान्डको डेब्यू हुनेछ।
  • अर्जेन्टिनाले लियोनेल मेसीको नेतृत्वमा अल्जेरियासँग समूह ‘जे’ मा प्रतिस्पर्धा गर्दै उपाधि रक्षा अभियान सुरु गर्ने छ।

काठमाडौँ– फिफा विश्वकप २०२६ मा बुधबार विश्वभर सबैभन्दा धेरे समर्थक भएका स्टार फुटबलरहरुको परीक्षा हुँदै छ।

विश्व फुटबलका ठूला आकर्षण मानिने केलियन एम्बाप्पे, अर्लिङ हालान्ड, लियोनेल मेसी र क्रिस्टियानो रोनाल्डोको टोलीहरुले आ-आफ्नो खेलमा प्रतिस्पर्धा गर्दै छन्।

आज (मंगलबार) मध्यराती १२:४५ देखि भोलि राती १०:४५ सम्ममा यी सुपरस्टारहरुको पहिलो खेल सम्पन्न हुँदै छ। पहिलो र प्रतिक्षित खेलका रुपमा समूह ‘आई’ अन्तर्गत फ्रान्स र सेनेगलबीच मध्यराती १२: ४५ मा प्रतिस्पर्धा हुँदा उपाधि दाबेदार तथा साविक उपविजेता फ्रान्स बलियो सुरुवातको प्रतिक्षामा छ।

यी दुई टोलीबीच विश्वकपमा यसअघि केवल एकपटक मात्र भेट भएको थियो। सन् २००२ को विश्वकप उद्घाटन खेलमा विश्वविजेता फ्रान्सलाई पहिलोपटक विश्वकप खेलिरहेको सेनेगलले १-० ले हराउँदै फुटबल इतिहासकै ठूलो ‘उलटफेर’ को इतिहास रचेको थियो।

२४ वर्षपछि फेरि विश्वकपमा भेट हुँदा फ्रान्स त्यो हारको बदला लिन आतुर छ। प्रशिक्षकको मुख्य भरोसा २०२२ विश्वकप फाइनलमा ह्याट्रिक गरेका स्टार फरवार्ड एम्बाप्पेमाथि रहनेछ। उनको गति, फिनिसिङ र निर्णायक क्षणमा खेलको दिशा बदल्ने क्षमता फ्रान्सको सबैभन्दा ठूलो हतियार मानिन्छ।

सेनेगलका अनुभवी स्ट्राइकर साडियो माने फेरि एकपटक अफ्रिकी टोलीको आशाको केन्द्र बन्ने छन्। सेनेगलले अनुशासित रक्षात्मक खेल र तीव्र काउन्टर याट्याकका लागि माहिर मानिन्छ।

हालान्ड विश्वकपमा डेब्यु गर्दै

फिफा विश्वकप अन्तर्गत समूह ‘आई’ मा आज नर्वे र इराक भिड्दा स्टार स्ट्राइकर अर्लिङ हालान्डले विश्वकपमा डेब्यु गर्दै छन्। अमेरिकाको जिलेट स्टेडियमा बिहान ३:४५ मा सुरु हुने खेल नर्वेका लागि २१औँ शताब्दीको पहिलो विश्वकप उपस्थिति हो।

विश्वकप छनोट चरणमा हालान्डको उत्कृष्ट प्रदर्शनमा सहज रूपमा प्रतियोगितामा स्थान बनाएको नर्वेलाई यसपटकको ‘डार्क हर्स’ टोलीका रूपमा हेरिएको छ। छनोट चरणभर आक्रामक फुटबल खेलेको स्क्यान्डिनेभियन टोलीले विश्वकपमा पनि त्यही लय कायम राख्ने लक्ष्य राखेको छ। हालान्डलाइ मार्टिन ओडेगार्डको साथ कस्तो रहन्छ त्यो इराक विरुद्ध देखिने विश्वास छ।

मेसीको अर्जेन्टिनाको उपाधि रक्षा अभियान

त्यस्तै प्रतियोगितामा साविक च्याम्पियन अर्जेन्टिना लियोनेल मेसीको नेतृत्वमा मैदान उत्रिदै छ। विश्व फुटबलका करोडौँ समर्थक भएको अर्जेन्टिना समूह ‘जे’ को पहिलो खेलमा अल्जेरियाको सामना गर्ने छ।

कागजमा अर्जेन्टिना बलियो देखिए पनि जारी विश्वकपमा अप्रत्यासित नतिजाले पर्याप्त मनोरञ्जन दिइरहेकाले स्वभाविक चासो अल्जेरियामाथि पनि रहेको छ। उत्तर अफ्रिकी टोलीले रक्षात्मक मजबुती र तीव्र काउन्टर अट्याकमा भर पर्दै अर्जेन्टिनालाई दबाबमा पार्ने प्रयास गर्ने छ।

रोनाल्डोको नेतृत्वमा प्रभावसाली सुरुवातको लक्ष्यमा पोर्चुगल

क्रिश्टियानो रोनाल्डोको पोर्चुगलले भने बुधबार राती अर्थात १०:४५ बजे कंगोसँग प्रतिस्पर्धा गर्दै छ। विश्व फुटबलका सर्वाधिक गोलकर्ता रोनाल्डोका लागि यो विश्वकप विशेष महत्वको मानिएको छ। कप्तानको रूपमा उनी टोलीलाई विजयी सुरुआत दिलाउन चाहन्छन्।

प्रतिभाशाली युवा खेलाडीहरूको साथ पाएको पोर्चुगललाई प्रतियोगिताको सम्भावित उपाधि दाबेदारमध्ये एक मानिएको छ। तर अफ्रिकी टोली कंगोले शारीरिक रूपमा बलियो खेल प्रस्तुत गर्दै पोर्चुगललाई सहज जित निकाल्न नदिन प्रयास गर्ने छ।

त्यस्तै समूह ‘जे’ मा बुधबार बिहान ९:४५ मा युरोपियन टोली अष्ट्रिया र एसियाली राष्ट्र जोर्डन आमनेसामुने हुने छन्।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…