गोलबजार मेयर गोल्डकप चैत तेस्रो सातादेखि

गोलबजार मेयर गोल्डकप चैत तेस्रो सातादेखि
+
-
देशसञ्चार AI सारांश
  • सिरहा गोलबजारमा नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुनेछ।
  • प्रतियोगितामा कोशी, मधेस र बागमती प्रदेशका आठ क्लबले सहभागिता जनाउने तयारी गरेका छन्।
  • विजेताले रु चार लाख ४४ हजार ४४४ र उपविजेताले रु दुई लाख २२ हजार २२२ प्राप्त गर्नेछन्।

सिरहा- गोलबजारमा नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ ।

गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।

प्रतियोगितामा कोशी, मधेस र बागमती प्रदेशका गरी आठ क्लबले सहभागिता जनाउने छन् । आयोजकका अनुसार सिरहाबाट गोलबजार युनाइटेड क्लब, गोलबजार स्पोर्टस् क्लब र सल्हेश युवा क्लब सहभागी छन् भने अन्य टोलीहरूमा राष्ट्रिय जागृति क्लब इटहरी, लालिगुराँस स्पोर्टस् क्लब विराटनगर, ब्रदरहुड फुटबल क्लब उदयपुर, चात्या सा फुटबल क्लब दमक र हेटौँडा फुटबल एकेडेमी रहेका छन् ।

नगरप्रमुख श्यामकुमार श्रेष्ठले स्थानीय खेलकुदको विकासका लागि प्रतियोगिता निरन्तर आयोजना हुँदै आएको बताए । उनका अनुसार, नगरबाट प्रतियोगिताका लागि रु २५ लाख बजेट विनियोजन गरिएको छ । प्रतियोगिताको विजेताले रु चार लाख ४४ हजार ४४४ र उपविजेताले रु दुई लाख २२ हजार २२२ प्राप्त गर्नेछन् ।

साथै उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, उत्कृष्ट प्रशिक्षक र प्रत्येक खेलका म्यान अफ दी म्याचलाई पुरस्कार प्रदान गरिनेछ । सम्पूर्ण खेल गोलबजार नगरपालिका–२ स्थित गुरुधामको एकीकृत खेलग्राममा सञ्चालन हुनेछन् ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…