नेपाल र युएईबीच टी–२० सिरिज हुँदै, खेल फ्लडलाइटमा हुने

नेपाल र युएईबीच टी–२० सिरिज हुँदै, खेल फ्लडलाइटमा हुने
फाइल
+
-

काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान) ले युएईसँग दुई खेलको टी-२० सिरिज घरेलु मैदानमा खेल्दै छ। प्रतियोगिता त्रिवि क्रिकेट मैदानमा २० र २१ अप्रिलमा हुनेछ। खेल फ्लडलाइटमा आयोजना हुने क्यानले जनाएको छ।

क्यानले सामाजिक सञ्जालमार्फत फ्लडलाइटमा खेलिने पहिलो अन्तर्राष्ट्रिय खेलका लागि तयार हुन फ्यानहरुलाई भनेको छ। ‘फ्लडलाइटमा खेलिने पहिलो अन्तर्राष्ट्रिय खेलका लागि तयार रहनुस्,’ क्यानले सामाजिक सञ्जालमा फोटो राख्दै लेखेको छ।

नेपालमा रातको समयमा अन्तर्राष्ट्रिय खेल हुन लागेको पहिलो पटक हो। यसअघि एनपीएलको दोस्रो संस्करण रातको समयमा भएको थियो।

यसअघि नेपालमा आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको एकदिवसीय सिरिज हुने कार्यतालिका रहे पनि मध्यपूर्वमा भएको युद्धका कारण स्थगित हुन पुगेको थियो।

नेपाल र युएईबीचको खेललाई एसोसियट क्रिकेटको ‘एल क्लासिको’ का रूपमा समेत लिने गरिन्छ। पछिल्लो पटक टी-२० विश्वकप छनोटमा नेपाल र युएईबीच प्रतिस्पर्धा भएको थियो। नेपालमा लिग–२ अन्तर्गत मे १२ देखि २२ सम्म नेपाल, अमेरिका र स्कटल्यान्ड सम्मिलित त्रिदेशीय शृंखला हुने कार्यतालिका रहेको छ।

त्यस्तै, नेपालको ‘ए’ टोलीले पनि ओमान, स्कटल्यान्ड र अमेरिकासँग ५० ओभरको खेलहरू खेल्ने कार्यतालिका रहेका छन्।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…