नेपालगन्ज – प्रथम खजुरा गाेल्डकप फुटबल प्रतियाेगिता सुरु भएकाे छ। उद्घाटन खेलमा गाेर्खा ब्याइज क्लब, बुटवल विजयी भएकाे छ।
गाेर्खा ब्वाइजले संकटा क्लब, काठमाडाैँलाई १-० गाेलले पराजित गरेकाे हाे। गाेर्खा ब्याइजका कप्तान निराजन खत्रीले १४ मिनेटमा गरेकाे गाेल नै निर्णायक रह्यो।
गाेर्खा ब्याइजका सुजित बुढाथाेकीले पेनाल्टी मिस गरेका थिए। संकटाका खेलाडीले डिएरियाभित्र फाउल गरेपछि गाेर्खा ब्याइजले पेनाल्टी पाएकाे थियाे। जसलाई सुजितले सदुपयाेग गर्न सकेनन्। सुजितकाे प्रहारलाई संकटाका गाेलकिपर सुजन बस्नेतले राेकेका थिए। त्यसपछि दुवै टाेलीले राम्रा अवसर पाए पनि गाेल गर्न सकेनन्।
प्रतियाेगितामा सशस्त्र प्रहरीकाे एपीएफ क्लब, नाइजेरियन जाेन क्लब नाइजेरिया, काँक्रेविहार स्पाेर्टस क्लब सुर्खेत, फाेर ब्रदर्श नवलपरासी, भारत लखनउकाे जेविएम फुटबल एकेडेमी र आयाेजक न्यू डाँफे स्पाेर्टस क्लब सहभागी रहेका छन्।
७ लाख पुरस्कार राशीकाे प्रतियाेगितामा ए डिभिजन क्लबसहित ८ वटा टीमले प्रतिस्पर्धा गरिरहेका छन्। प्रतियोगिताका उपविजेताले ४ लाख पाउने छ।
खजुरामा पहिलाे पटक गाेल्डकप फुटबल प्रतियाेगिता आयाेजना गरिएकाले स्थानीय उत्साहित रहेकाे क्लबका अध्यक्ष बालाराम खत्री बताए।
भर्खरै
लोकप्रिय
