विश्वकप फुटबलः अमेरिकी यात्रा प्रतिबन्ध र भिसा कडाइका कारण निराश छन् समर्थक

विश्वकप फुटबलः अमेरिकी यात्रा प्रतिबन्ध र भिसा कडाइका कारण निराश छन् समर्थक
+
-

इराक मार्च अन्त्यमा ४० वर्षपछि विश्वकपका लागि छनोट भयो। अब्दुल्ला अदनानले ऐतिहासिक विश्वकपमा आफ्नो देशले खेल्ने टोली नर्वे र फ्रान्सविरुद्धको खेल हेर्नका लागि टिकट किने। ती खेलहरू अमेरिकाको बोस्टन र फिलाडेल्फिया सहरमा हुँदै छन्।

‘खेल हेर्न, रंगशालामा पुग्न, समर्थकहरूको भीडमा आफ्नै टोलीलाई उत्साह दिन पाउनु मेरो लागि संसारकै सबैभन्दा ठूलो खुसी हो,’ उनी भन्छन्, ‘त्यो अनुभूतिको तुलना अरू कुनै कुरासँग गर्न सकिँदैन।’ तर विश्वकप हेर्ने उनको सपना अमेरिकी भिसाका कारण अधुरो बन्न पुगेको छ।

अदनान भिसा अस्वीकृतका कारण आफ्नो टोलीको समर्थन गर्न नपाउने एक्ला समर्थक होइनन्। बीबीसीका अनुसार विश्वकपमा सहभागी ४८ राष्ट्रमध्ये एक चौथाइभन्दा बढी देशका समर्थकहरूले यात्रा प्रतिबन्ध, कडा भिसा नियम वा उच्च भिसा अस्वीकृति दरका कारण अमेरिका जान चरम कठिनाइ भोगिरहेका छन्।

इराक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको यात्रा प्रतिबन्ध सूचीमा छैन। तर, इजरायल-इरान युद्ध सुरु भएपछि अमेरिकाले इराकमा नियमित कन्सुलर सेवा स्थगित गर्‍यो। त्यसपछि इराकी नागरिकहरूले भिसाका लागि आवश्यक अन्तर्वार्ता दिन आफ्नै देशमा कुनै सुविधा पाएनन्।
अदनान भिसा लिन छिमेकी जोर्डन पुगे। तर, अमेरिकी दूतावासले उनी जोर्डनी नागरिक नभएको भन्दै भिसा दिन नमिल्ने बतायो। खेलको टिकट र जोर्डन यात्रामा उनले करिब १ हजार ८०० अमेरिकी डलर खर्च गरिसकेका थिए। अन्ततः उनले भिसा प्रयास नै त्यागे।

अफ्रिकी समर्थकहरू झनै असन्तुष्ट

ट्रम्प प्रशासनले केही देशका नागरिकमाथि भिसा प्रतिबन्ध र थप कडाइ लागू गरेको छ। विश्वकपमा सहभागी हाइटी, इरान, सेनेगल र आइभरी कोस्ट त्यो सूचीमा छन्। ती देशका नागरिकहरूले समर्थकका लागि सिफारिस गरिएको भ्रमण भिसा पाउन सक्दैनन्।

आइभोरी कोस्टका समर्थक संगठनका नेता जुलियन कुआडियो अडोनिस भन्छन्, ‘यो नामै नलिइएको विभेद हो। कुनै युरोपेली देशले यस्तो प्रतिबन्ध भोग्नुपरेको छैन। किन अफ्रिकी देशहरू मात्र?’ उनको संगठनले यसपटक विश्वकपका लागि समर्थकहरूको टोली अमेरिका नपठाउने निर्णय गरेको छ।

‘यदि कुनै देशले छनोट भएका टोलीका समर्थकलाई स्वागत गर्न चाहँदैन भने त्यस्तो देशलाई विश्वकप आयोजना गर्न दिनु हुँदैन,’ उनले भने, ‘फुटबल दर्शकका लागि हो, दर्शकबिनाको प्रतियोगिता अधुरो हुन्छ।’

धनी देशलाई सहज, अरूलाई कठिन

४२ देशका नागरिकले अमेरिकाको भिसा छुट (भिसा वाइभर) कार्यक्रममार्फत अनलाइन आवेदन दिन सक्छन्। यसको शुल्क करिब ४० डलर छ। तर, यो सूचीमा कुनै पनि अफ्रिकी देश छैनन्। भिसा आवश्यक पर्ने समर्थकहरूले १८५ डलर तिर्नुपर्छ र प्रत्यक्ष अन्तर्वार्तामा सहभागी हुनुपर्छ। साथै अमेरिका भ्रमणपछि फर्किने स्पष्ट योजना तथा यात्राको खर्च धान्न सक्ने क्षमता पनि देखाउनुपर्छ।

भिसा अस्वीकृत दर उच्च

अमेरिकी विदेश मन्त्रालयको तथ्यांक विश्लेषण गर्दा विश्वकपमा छनोट भएका ११ देशका नागरिकको भिसा अस्वीकृति दर ४० प्रतिशतभन्दा बढी रहेको देखिएको छ। ती देशहरूमा इक्वेडर, इजिप्ट, हैटी, अल्जेरिया, उज्वेककिस्तान, केप भर्डे, जोर्डन, इरान, कंगो, घाना र सेनेगल समावेश छन्। यसका कारण धेरै समर्थकहरू भिसा पाइन्छ कि पाइँदैन भन्ने अनिश्चितताबीच महँगो टिकट किन्ने कि नकिन्ने दुविधामा परेका छन्।

‘यो विश्वकप हाम्रो होइन’

जोर्डनका समर्थक संघका प्रमुख अबु कासले पनि भिसा अस्वीकृत भएपछि गुनासो पोख्दै यो आफ्नो र आफूजस्ता देशको विश्वकप नभएको गुनासो गरे। ‘पछिल्ला तीन-चार महिनादेखि आवेदनहरू अस्वीकार भइरहेका छन्,’ उनले भने, ‘मलाई भिसा पाएर अमेरिका जाने एक जना मात्र जोर्डनी समर्थकबारे जानकारी छ।’

४२ वटा कागजात लिएर अन्तर्वार्तामा पुगेका कासको आवेदन पनि अस्वीकृत भयो। ‘यो विश्वकप हाम्रो होइन,’ उनले भने, ‘अरबहरूको लागि होइन, उनीहरूको लागि हो। यदि समर्थक संघकै प्रमुखले भिसा पाएन भने कसले पाउँछ?’

अमेरिकाको दोहोरो नीति

अमेरिकी विदेश मन्त्रालयले भने इतिहासकै सबैभन्दा ठूलो विश्वकपका लागि विश्वभरका आगन्तुकलाई स्वागत गर्न आफू तयार रहेको जनाएको छ।

मन्त्रालयका अनुसार प्रत्येक आवेदनलाई अमेरिकी कानुनअनुसार कडा सुरक्षा जाँचपछि व्यक्तिगत रूपमा मूल्याङ्कन गरिन्छ। तर, विभिन्न देशका कन्सुलरहरुले भने उच्च मूल्य हालेर टिकट किनेका समर्थकको ठूलो मात्रामा भिसा अस्वीकृत गरिरहेका छन्।

तर, भिसा पाए पनि अमेरिकामा प्रवेशको अन्तिम निर्णय सीमा सुरक्षा अधिकारीहरूले गर्ने भएकाले भिसा भएका यात्रुहरूलाई समेत प्रवेशको शतप्रतिशत ग्यारेन्टी हुँदैन।

यसपटकको विश्वकप अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गरिरहेका छन्। तर, १०४ खेलमध्ये ७८ खेल, साथै फाइनल पनि अमेरिकामै हुनेछ। त्यसैले धेरै समर्थकहरूका लागि अमेरिकी भिसा नै विश्वकपको सबैभन्दा ठूलो बाधक बनेको छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…