काठमाडौँ – एसियाली खेलकुद (एसियाड) छनोटको उपाधि नेपालले जितेको छ। सिंगापुरमा सम्पन्न वर्षाले प्रभावित फाइनलमा नेपालले हङकङलाई १९ रनले पराजित गर्दै उपाधि जितेको हो।
टस हारेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ८८ रन बनाएको थियो। जवाफमा १ सय ८९ रनको लक्ष्य पछ्याएको नेपालले ११.३ ओभरमा २ विकेट गुमाएर १ सय १४ रन बनाउँदा वर्षाले खेल रोकिएपछि डिएल म्याथोडमा नेपाल १९ रनले विजयी भएको हो।
नेपालका लागि ओपनर कुशल भुर्तेलले ४० बलमा ८ चौका र ३ छक्काको सहयोगमा ६५ रन बनाए। त्यस्तै, रोहित पौडेलले ३५ रन बनाउँदा कप्तान दीपेन्द्र सिंह ऐरीले ९ रनको अविजित इनिङ्स खेले।
हङकङका लागि आयुश शुक्ला र एहसन खानले १-१ विकेट लिए।
त्यसअघि पहिले ब्याटिङ गरेको हङकङका लागि अन्सुमान रथले ४५ बलमा ६ चौका र छक्काको सहयोगमा ८० रन बनाए। त्यस्तै, शिभ माथुरले २६ रन बनाउँदा साहिद वासिफले ५५ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए।
नेपालका लागि शेर मल्लले ४ विकेट लिँदा करण केसीले २ तथा सन्दीप लामिछानेले १ विकेट लिएका थिए।
भर्खरै
लोकप्रिय
