- झापाको इन्स्पायर इङ्लिस स्कुलले हाम्रो इङ्लिस बोर्डिंग स्कुललाई पराजित गर्दै जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधि जितेको छ।
- इन्स्पायर इङ्लिस स्कुलले पहिलो सेट २५–१६, दोस्रो सेट २५–१५, र तेस्रो सेट २५–१२ को नतिजासहित जित हात परेको थियो।
- उत्कृष्ट खेलाडीको रूपमा इन्स्पायरका सन्विर श्रेष्ठ र उत्कृष्ट स्पाइकरको रूपमा विशाल गौतम चयन भएका छन्।
माेरङ – विराटनगरमा सम्पन्न अन्तरमाध्यमिक विद्यालय जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधि झापाको दमकस्थित इन्स्पायर इङ्लिस स्कुलले जितेको छ।
बुधबार विराटनगरको भूमिप्रशासन चौकस्थित भूमिप्रशासन भलिबल कोर्टमा सम्पन्न फाइनलमा सुनसरीको इटहरीस्थित हाम्रो इङ्लिस बोर्डिंग स्कुललाई तीन शुन्यको सेटमा हराउँदै इन्स्पायर इंगलिश स्कुलले उपाधि जितेको हो।
उपाधि हात पार्ने क्रममा भएको एकपक्षीय खेलमा इन्स्पायरले पहिलो सेट २५–१६ ले जितेको थियो। पहिलोसेटमा जित हात पार्दै उत्साहित इन्स्पायरले दोस्रो सेटपनि २५–१५ ले आफ्नो पक्षमा पारेको थियो।
लगातार दुईसेटमा पराजित हाम्रो इंगलिश बोर्डिंग स्कुल त्यसपछि खेलमा फर्कन सकेन। त्यसैगरि, खेलको तेस्रो सेटमा पनि हाम्रो इंगलिश बोर्डिंग २५–१२ ले पराजित हुदैं उपाधि विमुख हुन पुग्यो। उपाधि हात पारेको इन्स्पायरले शिल्डसहित १५ हजार रुपैया हात पारेको थियो। जीपी कोइराला स्पोर्टस एकेडेमीद्धारा आयोजित प्रतियोगिताको तेस्रो स्थानमा मोरंगको केराबारी गाँउपालिकास्थित केयु एकेडेमी रहन पुग्यो। केयुले मोरंगको बुढीगंगा गाँउपालिकास्थित मोरंग पब्लिक स्कुललाई २५– २१, १६–२५ र २५–२१ को सेटमा हराउन सफल भएको थियो। आयोजक एकेडेमीका अध्यक्ष रञ्जन थापाका अनुसार प्रतियोगिताको उत्कृष्ट खेलाडी इन्स्पायरका सन्विर श्रेष्ठ, उत्कृष्ट स्पाइकर इन्स्पायरका विशाल गौतम, उत्कृष्ट प्रशिक्षक इन्स्पायरका राजु श्रेष्ठ, उत्कृष्ट ब्लकर सनरे रंगेलीका शाहिल तबदार, उत्कृष्ट सर्भर हाम्रो इंगलिश बोर्डिंगका उसन कार्की र उत्कृष्ट सटर राजीव खड्का भएकाछन्।
भर्खरै
लोकप्रिय
