मेयर कप अन्तरविद्यालय फुटबल : छात्रमा हाेलिल्याण्ड र छात्रामा नेपालगन्ज माेडेल च्याम्पियन

मेयर कप अन्तरविद्यालय फुटबल : छात्रमा हाेलिल्याण्ड र छात्रामा नेपालगन्ज माेडेल च्याम्पियन
+
-
देशसञ्चार AI सारांश
  • नेपालगन्जमा आयोजित बाँके जिल्ला स्तरीय मेयर कप यु-१८ फुटबल प्रतियोगितामा होलिल्याण्ड र नेपालगन्ज मोडेल च्याम्पियन बने।
  • छात्रतर्फ खेल टाइब्रेकरमा पुग्दै होलिल्याण्डले नेपालगन्ज मोडेल एकेडेमीलाई ५-४ को सडेनडेथमा पराजित गर्‍यो।
  • छात्रामा नेपालगन्ज मोडेल एकेडेमीले मनकामना ईमि स्कुललाई ३-० गोलले पराजित गर्दै विजय हासिल गर्‍यो।

नेपालगन्ज – बाँके जिल्ला स्तरीय मेयर कप अन्तरविद्यालय छात्र-छात्रा (यु-१८) फुटबल प्रतियाेगितामा हाेलिल्याण्ड र नेपालगन्ज माेडेल एकेडेमी च्याम्पियन भएका छन्। छात्रमा हाेलिल्याण्ड र छात्रामा नेपालगन्ज माेडेल च्याम्पियन भएका हुन्।

छात्रतर्फ हाेलिल्याण्डले नेपालगन्ज माेडेल एकेडेमीलाई सडेनडेथमा ५-४ गाेलले पराजित गर्याे। निर्धारित समयमा दुवै टाेलीबाट १-१ गाेल भएकाे थियाे। २४ मिनेटमा अनमाेल विककाे गाेलबाट हाेलिल्याण्डले अग्रता लिएकाे थियाे। ४७ मिनेटमा सुनिल थारुले गाेल गरेर नेपालगन्ज माेडेललाई खेलमा फर्काएका थिए। त्यसपछि दुवै टीमबाट गाेल हुन नसकेपछि खेल टाइब्रेकरमा गएकाे थियाे। जसमा हाेलिल्याण्डले बाजि मार्‍याे।

हाेलिल्याण्डबाट अभिषेक थापा, आशिष कुमाई, मनिष सुनार, डानेल राेकामगर, अनमाेल विकले गाेल गरे। हिमाल पुरीकाे प्रहार नेपालगन्ज माेडेलका गाेलकिपर आयुष चन्दले राेकिदिए।
नेपालगन्ज माेडेलबाट महेश शाही, आयुष चन्द, राज नेपाली र सुनिल थारुले गाेल गरे। पुष्कर मल्ल र निराजन शाहीले गाेल गर्न सकेनन्।

फाइनल खेलकाे प्लेयर अफ द म्याच हाेलिल्याण्डका गाेलकिपर प्रवीण सुनार भए। उनलाई एन्फा बाँकेका वरिष्ठ उपाध्यक्ष अनिल केसी र पूर्वखेलाडी निजामुद्दिन सिद्विकीले पुरस्कृत गरे।

छात्रातर्फ नेपालगन्ज माेडेल एकेडेमीले मनकामना ईमि स्कुललाई ३-० गाेलले पराजित गर्याे। नेपालगन्ज माेडेलकी ज्याेति कँडेलले ७ र ३६ मिनेट तथा विनिता चाैधरीले २१ मिनेटमा गाेल गरेकी थिइन्।

फाइनल खेलकाे प्लेयर अफ द म्याच नेपालगन्ज माेडेलकी ज्याेति कँडेल भइन्। उनलाई बाँके जिल्ला महिला फुटबल समितिकी महासचिव सुमित्रा लामिछानेले पुरस्कृत गरिन्।
प्रतियाेगिताका छात्रतर्फका सर्वाेत्कृत्ट खेलाडी हाेलिल्याण्डका अभिषेक थापा र छात्रामा नेपालगन्ज माेडेल एकेडेमीकी भावना खड्का भइन्। दुवैले दुई हजार पाँच सय पुरस्कार पाए।

विधागतमा उत्कृष्ट छात्रतर्फ हाेलिल्याण्डका गाेलकिपर प्रवीण सुनार, रक्षकमा नेपालगन्ज माेडेलका सुनिल थारु, मिडफिल्डरमा नेपालगन्ज माेडेलका गणेशसिंह ठकुरी, स्ट्राइकरमा हाेलिल्याण्डका अनमाेल विक र प्रशिक्षकमा हाेलिल्याण्डका जंगबहादुर थापाले पुरस्कार पाए।

छात्रामा उत्कृष्ट गाेलकिपर मनकामना स्कुलकी प्रिङ्का विक, रक्षक, मिडफिल्डर, स्ट्राइकरमा नेपालगन्ज माेडेलका क्रमशः शितल राेकाय, सविता चाैधरी, ज्याेति कँडेल तथा उत्कृष्ट प्रशिक्षकमा नेपालगन्ज माेडेलका नरेन्द्र शाहले पुरस्कार पाए।

नेपालगन्ज उपमहानगरपालिकाकाे सहयाेगमा बाँके जिल्ला फुटबल संघले आयाेजना गरेकाे प्रतियाेगिताका विजेताले ३१ हजार र उपविजेताले १६ हजार पुरस्कार पाए।

विजेता, उपविजेता, विधागत उत्कृष्टलाई नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट, एन्फाका केन्द्रीय सदस्य एवं बाँके जिल्ला अध्यक्ष भाेजराज शाहीगलायतले पुरस्कृत गरे।

प्रतियाेगितामा छात्रमा ३७ वटा र छात्रामा ११ वटा विद्यालयले भाग लिएका थिए।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…