नेपालमा स्ट्रिट फुटबल विश्वकप क्वालिफायर्स हुँदै

नेपालमा स्ट्रिट फुटबल विश्वकप क्वालिफायर्स हुँदै
+
-

काठमाडौँ – नेपालमा स्ट्रिट फुटबलको विकास र युवा प्रतिभा पहिचान गर्ने उद्देश्यका साथ ‘एक्स्ट्रिम फुटबल फिभर आईएसएफए ३ विरुद्ध ३ स्ट्रिट फुटबल विश्वकप क्वालिफायर्स नेपाल २०२६’ आयोजना हुने भएको छ।

एक्स्ट्रिम इनर्जी ड्रिङ्कको मुख्य प्रायोजन तथा एलपीएस म्यानेजमेन्ट, एईसी स्पोर्ट्स र ट्रिपल टु प्रोडक्सनको संयुक्त आयोजनामा यो प्रतियोगिता हुन लागेको हो।

प्रतियोगिताको विजेता टोलीले आगामी सेप्टेम्बर २ देखि ६ सम्म नेदरल्यान्ड्सको युट्रेक्टमा हुने ‘आईएसएफए ३ विरुद्ध ३ स्ट्रिट फुटबल विश्वकप २०२६’ मा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउनेछ।

साथै विजेता खेलाडीले एलपीएस म्यानेजमेन्टसँग तीन महिनाको व्यावसायिक सम्झौता र बन्द प्रशिक्षणको अवसरसमेत प्राप्त गर्नेछन्। यसै खेलका आधारमा नेपालको पहिलो आधिकारिक ‘३ विरुद्ध ३ स्ट्रिट फुटबल वरीयता’ समेत तयार गरिनेछ।

खुला तथा निःशुल्क दर्तामार्फत देशभरका ९२ टोलीलाई २३ समूहमा विभाजन गरी प्रतियोगिता सञ्चालन गरिनेछ। आईएसएफएको नियमअनुसार लगातार १० मिनेट चल्ने यस खेलमा साइज–४ को फुटसल बल प्रयोग हुनेछ।

स्थानीय संस्कृति झल्काउन समूह चरणका खेलहरू काठमाडौँका ऐतिहासिक क्षेत्रहरू (कुमा ननी, तबाहाल, लगन, ओमबहाल र तेबहाल) मा जुलाई १ देखि ८ सम्म आयोजना हुनेछन् भने फाइनल खेल जुलाई १९ मा फ्लड लाइट र साङ्गीतिक प्रस्तुतिबीच हुनेछ। खेलहरूको प्रत्यक्ष प्रसारण ‘लेट्स प्ले स्पोर्ट्स’ युट्युब च्यानलबाट गरिनेछ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…