एम्बाप्पेको पेनाल्टीमा पाराग्वेलाई हराउँदै फ्रान्स क्वाटरफाइनलमा

एम्बाप्पेको पेनाल्टीमा पाराग्वेलाई हराउँदै फ्रान्स क्वाटरफाइनलमा
+
-
देशसञ्चार AI सारांश
  • फ्रान्सले पाराग्वेविरूद्धको खेलमा केलियन एमबाप्पेको निर्णायक पेनाल्टी मार्फत १-० को जीत हासिल गर्यो।
  • पाराग्वेले फ्रान्सलाई लामो समयसम्म गोलका अवसर सिर्जना गर्न दिएन तर एमबाप्पेको पेनाल्टी निर्णायक बन्यो।
  • अब फ्रान्सले विश्वकप सेमिफाइनलमा प्रवेशका लागि मोरक्कोको सामना गर्नुपर्ने भएको छ।

फिफा विश्वकप २०२६ मा फ्रान्सले क्वाटरफाइनलमा स्थान बनाएको छ। फ्रान्स विरुद्ध उत्कृष्ट प्रदर्शन गरेपनि पाराग्वेले गरेको एउटा गल्तिमा पाएको पेनाल्टीलाई सदुपयोग गर्न साविक उपविजेता सफल भयो। अब फ्रान्सले सेमिफाइनल प्रवेशका लागि मोरक्कोसँग खेल्ने छ।

उसका लागि केलियन एम्बाप्पेले दोस्रो हाफमा पाएको पेनाल्टीलाई गोलमा परिणत र्गदै खेल  १-० ले आफ्नो पक्षमा पारेका थिए। विश्वकप उपाधिको प्रमुख दाबेदार फ्रान्सले अपेक्षाभन्दा निकै कठिन चुनौती सामना गर्नु परेको थियो।फिलाडेल्फियामा भएको खेलमा फ्रान्सले संघर्षपूर्ण रुपमा पाराग्वेमाथि १-० को जित निकाल्दा एम्बाप्पेको पेनाल्टी निर्णायक बन्यो।

पाराग्वेले दुई पटकको विश्वविजेता फ्रान्सलाई लामो समयसम्म स्पष्ट गोलका अवसर सिर्जना गर्न दिएन। तर दोस्रो हाफमा मैदान प्रवेश गरेका डेजिरे डुएलाई पेनाल्टी क्षेत्रभित्र लडाइएपछि भिडियो सहायक रेफ्री (भिएआर) को समीक्षा पश्चात् रेफ्री इल्गिज तान्ताशेभ ले पेनाल्टीको निर्णय गरेका थिए। ब्राइटनका मिडफिल्डर डिएगो गोमेज ले डुएलाई रोकेका थिए।
पेनाल्टी प्रहार गर्न आएका एमबाप्पेले गोलकिपर ओर्लान्डो गिल लाई गलत दिशातर्फ पठाउँदै सहज रूपमा बललाई जाली चुमाए। यससँगै उनले गोल्डेन बुटको दौडमा सात गोल पुर्या्उँदै अर्जेन्टिनाका महान् खेलाडी लियोनेल मेसी समान बराबरी गोल गरेका छन्।

३८ डिग्री सेल्सियससम्म पुगेको अत्यधिक गर्मीका बीच सुरु भएको खेलमा फ्रान्सले सुरुदेखि नै बल आफ्नो नियन्त्रणमा राख्दै दबाब बनाएको थियो। तर पाराग्वेको अनुशासित र संगठित रक्षापङ्क्तिले फ्रान्सका आक्रमणलाई निरन्तर विफल पारिरह्यो। पहिलो हाफको ३६औँ मिनेटमा आन्द्रेस कुबास को फाउलपछि एमबाप्पे आक्रोशित बनेका थिए, जसले खेलको तनाव झन् बढाएको थियो।

अन्तिम ३२ मा जर्मनीलाई पेनाल्टी सुटआउटमा हराएर सनसनी मच्चाएको प्रशिक्षक गुस्ताभो अल्फारो को टोलीले पहिलो हाफभर उत्कृष्ट रक्षात्मक प्रदर्शन गर्यो । दुवै टोलीले गोलतर्फ एक पनि प्रहार गर्न नसकेको अवस्थामा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो।

दोस्रो हाफमा फ्रान्सले खेलको गति बढायो र ५४औँ मिनेटमा मानु कोने को लामो दूरीको प्रहारलाई गोलकिपर गिलले बचाउँदै फ्रान्सको पहिलो ‘अन टार्गेट’ प्रयास रोके। तर खेलको निर्णायक मोड तब आयो, जब ब्राड्ली बार्कोला को स्थानमा मैदान छिरेका २१ वर्षीय पेरिस सेन्ट-जर्मेनका फरवार्ड डेजिरे डुएले बायाँ विङबाट शानदार व्यक्तिगत कौशल देखाउँदै पेनाल्टी क्षेत्रमा प्रवेश गरे। उनले एक डिफेन्डरलाई छलाउँदै अघि बढेपछि गोमेजले खुट्टा अड्काएर उनलाई लडाए, जसबाट प्राप्त पेनाल्टीलाई एमबाप्पेले गोलमा परिणत गर्दै फ्रान्सलाई अन्तिम आठमा पुर्यातए।

 

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…