दसैँ अवधिभर भारी वर्षा हुने, कहाँ कस्तो हुनेछ मौसम?

दसैँ अवधिभर भारी वर्षा हुने, कहाँ कस्तो हुनेछ मौसम?
+
-

काठमाडौँ – यो वर्षको मनसुन सरदर मितिभन्दा ढिला गरी बाहिरिने देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको पूर्वानुमा महाशाखाले शुक्रबार अपराहन्न विशेष मौसमी बुलेटिन जारी गरेर दसैँका बेला पानी पर्ने र मनसुन ढिलो गरी बाहिरिने जानकारी दिएको हो ।

‘नेपालमा मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ भए पनि यस वर्ष मनसुन सरदर मितिभन्दा केही दिन ढिला बाहिरिने सम्भावना देखिएको छ’, बुलेटिनमा भनिएको छ, ‘हाल बङ्गालको खाडीमा विकसित भइरहेको न्यून चापीय क्षेत्र उत्तर पश्चिमीतर्फ सर्दै जाने क्रममा असोज १८ गते अर्थात् महानवमी (मंगलबार) देखि नेपालमा पनि यस प्रणालीको प्रभाव पर्ने हुँदा मनसुनी वर्षा सक्रिय हुने सम्भावना देखिएको छ।’

आउँदो मंगलबार अर्थात् महानवमीको दिन देशभर आंशिकदेखि सामान्यतया बदली रही प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना विभागले जनाएको छ ।

यस्तै दसैँको दिन अर्थात् आउँदो बुधबार देशभर सामान्यदेखि पूर्णतया बदली रही देशका धेरै स्थानमा मेघगर्जन चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा हुने मौसमविदले बताएका छन् । यस्तै गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशहरूका थोरै स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना छ।

मौसम दसैँको भोलिपल्ट अर्थात् बिहीबार पनि सुधार नहुने देखिएको छ । त्यसदिन देशभर सामान्यदेखि पूर्णतया बदली रही सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने विभागले जनाएको छ। यस्तै सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशहरूका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ।

यस्तै असोज २१ अर्थात शुक्रबार देशभर सामान्यदेखि पूर्णतया बदली रही सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने विशेष बुलेटिनमा उल्लेख गरिएको छ । त्यस दिन सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना छ।

दसैँको अवधिमा पनि पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने, सडक तथा हवाई यातायात र कृषि लगायतका क्षेत्रहरू प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन सर्वसाधारण तथा सबै सरोकारवाला निकायमा विभागले आग्रह गरेको छ ।

मौसमी अवस्थाबारे निरन्तर अनुगमन गरिरहने र त्यसअनुसार सूचना अध्यावधिक गर्दै जाने भएकाले दैनिक रुपमा मौसमबारे जानकारी लिन र पूर्वानुमान महाशाखाबाट जारी हुने तीन दिने बुलेटिन नियमित हेर्न विभागले आग्रह गरेको छ । गत वर्ष दसैँको समयमा भारी वर्षा हुँदा भित्र्याउने बेलाको धान बालीमा गम्भीर क्षति पुगेको थियो ।

यो पनि पढ्नुहोस्

किसानसम्म मौसमको जानकारी नपुग्दा वर्षाले बालीमा अधिक क्षति

किसानसम्म मौसमको जानकारी नपुग्दा वर्षाले बालीमा अधिक क्षति

धानका पाँजामा देखिएको विपदको कारुणिक दृश्यका कारण र कमजोरी के होला?

धानका पाँजामा देखिएको विपदको कारुणिक दृश्यका कारण र कमजोरी के होला?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?