- त्रिभुवन आर्मी क्लब र एपिएफ क्लबको जितसँगै प्रधानमन्त्री कप क्रिकेटको फाइनल टिमको टुङ्गो लागेको छ।
- आर्मी क्लबले कोशी प्रदेशलाई १८५ रनले र एपिएफले मधेस प्रदेशलाई ७४ रनले पराजित गरेको हो।
- त्रिभुवन आर्मी क्लब र सुदूरपश्चिम प्रदेशले फाइनल प्रवेश गरेका छन्, अंक तालिकामा उनीहरू अग्रस्थानमा छन्।
जनकपुरधाम – प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार भएको खेलमा त्रिभुवन आर्मी क्लब र एपिएफ क्लबले जित निकालेसँगै फाइनल खेल्ने टिमको टुङ्गो लागेको छ। प्रत्येक टिमले ९।९ वटा खेल खेल्ने तालिका रहेकोमा आजको खेलमा मधेस प्रदेश हारेसँगै फाइनल खेल्ने टिमको टुङ्गो लागेको हो। केही खेल हुन बाँकी रहेको अवस्थामा त्रिभुवन आर्मी र सुदूरपश्चिम प्रदेशले फाइनलमा प्रवेश गरेको हो।
९ खेलमध्ये ८ वटा खेल खेलेको त्रिभुवन आर्मी १५ अंक सहित अंक तालिकाको शिर्ष स्थानमा रहेको छ। वर्षाका कारण एउटा खेल रद्द भएको र बाँकी खेलमा त्रिभुवन आर्मीले जित निकालेको हो।
यस्तै, दोस्रो स्थानमा रहेको सुदूरपश्चिमले ९ खेलमा ६ जित र ३ हारसहित १२ ल्याएर दोस्रो स्थानमा रहेको छ। यस्तै, ९ खेल खेलेकोमा ११ अंक सहित एफिएफ क्लब तेस्रो स्थानमा रहेको छ। एफिएफको ५ खेलमा जित, ३ खेलमा हार र एउटा खेल वर्षाको कारण रद्द भएको थियो।
नेपाल पुलिस क्लबले ८ खेल खेलेकोमा ९ अंक सहित चौथो स्थानमा रहेको छ। पुलिस क्लबले ४ मा जित र ३ मा हार बेहोरेको थियो भने एउटा खेल वर्षाको कारण रद्द भएको थियो।
पाँचौ स्थानमा रहेको मधेस प्रदेश टिमले ८ खेल खेलेकोमा ९ अंक सहित पाँचौ स्थानमा रहेको छ। मधेसले ४ मा जित निकालेको छ भने ३ वटामा हार व्यहोरेको छ। एउटा खेल भने वर्षाका कारण रद्द भएको थियो।
यस्तै, बाग्मती प्रदेश ८ खेलमा ४ जित र ४ हार सहित ८ अंक ल्याएर छैठौँ स्थानमा रहेको छ। लुम्बिनी प्रदेशले ७ खेलमा ७ अंक सहित सातौ, गण्डकी ८ खेल खेलेकोमा ७ अंकसहित आठौँ र कर्णाली प्रदेश ८ खेल खेलेकोमा एउटामा जित निकाल्दै ३ अंक सहित नवौ स्थानमा रहेको छ।
यस्तै, आफ्नो ९ वटै खेल खेलीसकेको कोशी प्रदेश यस वर्षको प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा जितविहिन रहेको छ। एउटा खेल वर्षाका कारण रद्द भएकोमा १ अंक सहित अंक तालिकाको अन्तिम स्थानमा रहेको छ।
सोमबारको खेलमा आर्मी र एफिएफको जित
प्रधानमन्त्री कप अन्तर्गत आज भएको दुबै खेलमा विभागीय टिमले प्रादेशिक टिमलाई पराजित गरेको छ। जनकपुरधाममा भएको खेलमा त्रिभुवन आर्मी क्लबले कोशी प्रदेशलाई १८५ रनले र वीरगञ्जमा भएको खेलमा एपिएफ क्लबले मधेस प्रदेशलाई ७४ रनले पराजित गरेको हो।
आज जनकपुरधाममा भएको खेलमा विनोद भण्डारीको १८९ रनको पारीको मदतले त्रिभुवन आर्मी क्लबले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै ३६२ रन बनाएकोमा कोशी प्रदेशका खेलाडी ३६ ओभरमा अल आउट हुँदै १७७ रन मात्र बनाउन सके।
यस्तै, वीरगञ्जमा भएको खेलमा एपिएफले आशिफ शेखको २०८ रनको मद्दतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३९० रन बनाएकोमा मधेस प्रदेशका खेलाडीले ८ विकेट गुमाउँदै ३१६ रन बनाउन सके।
भर्खरै
लोकप्रिय
